• Sat. Jul 27th, 2024

जेष्ठ नागरिक र स्याहारकर्ता बुहारीलाई सम्मान गर्दै भद्रपुरमा मनाइयो-जेष्ठ नागरिक दिवस

BySaptahik Samachar

२१ फाल्गुन २०८०, सोमबार १६:२८ २१ फाल्गुन २०८०, सोमबार १६:२८ २१ फाल्गुन २०८०, सोमबार १६:२८

भद्रपुर २१,फागुन / झापाको चन्द्रगढीमा ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा १ सय ३ जनालाई सम्मान गरिएको छ। जिल्ला समन्वय समितिको सभाहलमा सोमबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाका दशवटै वडाका प्रत्येकबाट ८-८ जना जेष्ठ आमा बुवा ८० जना र २/२जना असल स्याहारकर्ता बुहारी तथा संस्थालाई सहयोग पुर्‍याउने ३जना समिति सदस्यसहित १सय जनालाई सम्मान गरिएको हो।

नगर पालिकाको सामाजिक शाखाको आर्थिक सहयोग तथा जेष्ठ नागरिक नगर समन्वय समिति भद्रपुरको आयोजनामा वार्डको सिफारिसका आधारमा छनोट गरी सम्मान गरिएको सचिव शंकर गौतमले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले असल बुहारीलाई कदरपत्र तथा यातायात खर्च एवं जेष्ठ नागरिकलाई न्यानो स्वीटर, कदर पत्र र यातायात खर्च प्रदान गरिएको थियो।
प्रमुख अतिथि पोखरेल, उपप्रमुख कार्की, नगर कार्यपालिका सदस्य सन्ध्या हाडा, सामाजिक शाखा प्रमुख जीवनकला राउत, साना हातहरू नेपाल भद्रपुरका विक्रम वाग्ले, बाल सन्जाल भद्रपुरका अध्यक्ष आरोग्य तिम्सिनालगायतले मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता हेमप्रसाद खनालले गर्नुभएको थियो। संस्थाका द्वितीय उपाध्यक्ष धनप्रसाद शिवाकोटीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव शंकर गौतम र शिवाकोटीले पालैपालो गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रथय उपाध्यक्ष परमानन्द मिश्रले राख्नुभएको थियो।

One thought on “जेष्ठ नागरिक र स्याहारकर्ता बुहारीलाई सम्मान गर्दै भद्रपुरमा मनाइयो-जेष्ठ नागरिक दिवस”

Leave a Reply

Your email address will not be published. Required fields are marked *