• Sat. Jul 27th, 2024

जेष्ठ नागरिकलाई सम्मान

BySaptahik Samachar

१२ असार २०७९, आईतवार १४:३७ १२ असार २०७९, आईतवार १४:३७ १२ असार २०७९, आईतवार १४:३७

भद्रपुर १२,असार / जेष्ठ नागरिक संघ, भद्रपुरको ७ नम्बर वडा समितिले सो वडाका १४ जना बुज्रुकहरूलाई सम्मान गरेको छ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र समितिका अध्यक्ष गोपालप्रसाद भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाका ८० वर्ष माथिका बुज्रुकहरूलाई सम्मान गरिएको हो।
सम्मानित व्यक्तित्वहरूलाई रामनामी बर्को, रूद्राक्षको माला र कमिज सुरूवाल र सारी चोलोको कपडा वितरण गरिएको थियो।
सोही अवसरमा नगर प्रमुख पोखरेल, नगर उपप्रमुख राधा कार्की, वडाध्यक्ष अभिषेक ढुङ्गाना सहित सो वडाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई ७ नम्बर जेष्ठ नागरिक संघले सम्मान समेत गरेको थियो।
सम्मान कार्यक्रममा नगर प्रमुख पोखरेल,७ नम्बर वडा अध्यक्ष ढुङ्गाना, पूर्व वडाध्यक्ष विनोद पोखरेल र जेष्ठ नागरिक युवराज खतिवडाले मन्तव्य व्यक्त गर्नुभएको थियो।
केदारप्रसाद निरौलाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन उत्तम सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समितिका सचिव बासुदेव नेपालले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *