भद्रपुर १६,चैत्र /झापा जिल्लामा अवस्थित जलथल वनमा १४ प्रजातिका उभयचर प्राणी भ्यागुता भेटिएका छन्।झापाको भद्रपुर नगरपालिका तथा हल्दिबारी, कचनकवल र वारदशी गाउँ पालिकामा फैलिएको यो वन जैविक विविधतामा धनी मानिएको छ।
लगभग ५ हजार ३सय हेक्टर क्षेत्रफलमा फैलिएको यो वनको वरिपरि बाक्लो बस्ती छ। यस अघि पनि सो वनमा नेपालका लागि ७ प्रजातिका नयाँ रूखहरू भेटिएको अभिलेखन गरिएको थियो।
जलथल वनमा अध्ययन गरिरहेका वनस्पतिविद्हरू डाक्टर लीलनाथ शर्मा, कमल मादेन र वन्यजन्तु अध्येता अस्मित सुव्वाको टोलीले गरेको अध्ययनबाट १४ प्रजातिको भ्यागुता भएको सार्वजनिक गरेको हो। यो संख्या नेपालमा पाइने भ्यागुता प्रजातिको २५ प्रतिशत हो। एम्फिविया वेभमा नेपालमा ५५ प्रजातिका भ्यागुता पाइने उल्लेख छ।
विगत तीन वर्षदेखि जलथलमा अध्ययन अनुसन्धान गर्दै आएका उनीहरूले अघिल्लो साता ललितपुरमा आयोजित एक कार्यक्रममा अभिलेखन गरिएका विभिन्न प्रजातिका वारेमा सार्वजनिक गरेको जनाइएको छ।
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/id/register?ref=GJY4VW8W
купить травмат без лицензии Златоуст