• Sat. Jul 27th, 2024

चेलीबेटी साकोसको साधारण सभा सम्पन्न

BySaptahik Samachar

१९ कार्तिक २०७९, शनिबार १६:१६ १९ कार्तिक २०७९, शनिबार १६:१६ १९ कार्तिक २०७९, शनिबार १६:१६

भद्रपुर /चेलीबेटी महिला बचत तथा ऋण सहकारी संस्था लि भद्रपुर -६ को तेह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ।संस्थाकी अध्यक्ष चन्द्रकला गौतमको सभापतित्व र जिल्ला सहकारी संघका सदस्य तथा कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जसबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार साधारण सभा सम्पन्न भएको हो।

दुई चरणमा भएको साधारण सभाको उद्घाटन सत्रमा जेष्ठ महिला सदस्य इन्दिरा रेग्मी, उत्कृष्ट ऋणी मिना ठकुरी र चम्पादेबी श्रेष्ठलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट अङ्क ल्याउने सदस्य सन्तति मध्ये अमृता हुमागाईंकी छोरी नताशा पराजुली र कल्पना बुढाथोकीका छोरा सक्षम बुढाथोकीलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

साधारण सभामा प्रमुख अतिथि श्रेष्ठ, भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, समाज सेवी तथा बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू तारा भुर्तेल, प्रमिला कोइराला, प्रभा श्रेष्ठ, कोपिला गौतम, राजेन्द्र चापागाईं लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। सचिव अनिता अधिकारीले सञ्चालन गरेको साधारण सभामा स्वागत मन्तव्य उपाध्यक्ष शान्ता बरालले गर्नुभएको थियो।

दोस्रो सत्रमा सञ्चालित साधारण सभाले अध्यक्ष गौतमद्वारा प्रस्तुत अध्यक्षीय प्रतिवेदन र कोषाध्यक्षद्वारा प्रस्तुत लेखा प्रतिवेदन पारित गरेको थियो भने विभिन्न नीतिगत निर्णयहरू पारित गरेको थियो। संस्थाले आर्थिक वर्ष २०७८ /०७९ मा १४लाख २८ हजार ३२रूपैयाँ खुद नाफा आर्जन गरेको जनाइएको छ।

One thought on “चेलीबेटी साकोसको साधारण सभा सम्पन्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *