• Fri. Feb 13th, 2026

चुनावसम्म कार्यगत एकता गर्न जसपालाई माओवादीको प्रस्ताव

Bysaptahiksamachar

२९ फाल्गुन २०७७, शनिबार १५:२८ २९ फाल्गुन २०७७, शनिबार १५:२८ २९ फाल्गुन २०७७, शनिबार १५:२८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी (जसपा)लाई आगामी चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ ।

पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शनिबार दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव गरेको हो ।

‘सत्ताको मात्रै कुरा होइन एजेण्डा मिल्ने दलहरूबीच चुनावसम्मै कार्यगत एकता गरौं भन्ने हाम्रो प्रस्ताव हो’, बैठकमा सहभागी एक माओवादी नेताले अनलाइनखबरसँग भने ।

यद्यपि जसपा नेताहरूले यो विषयमा कुनै प्रतिबद्धता भने जनाएनन् । बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले माओवादीसँग सकारात्मक कुरा भएको तर निष्कर्षमा पुग्न नसकेको बताए । माओवादीसँग पुनः छलफल हुने उनले जानकारी दिए ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, जसपा अध्यक्षत्रय ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरू अशोक राई तथा राजेन्द्र महतो लगायतका नेताहरू सहभागी थिए ।

साभार : onlinekhabar

9 thoughts on “चुनावसम्म कार्यगत एकता गर्न जसपालाई माओवादीको प्रस्ताव”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *