• Wed. Feb 28th, 2024

चार गते सार्वजनिक विदा

BySaptahik Samachar

२ फाल्गुन २०७८, सोमबार १९:१६ २ फाल्गुन २०७८, सोमबार १९:१६ २ फाल्गुन २०७८, सोमबार १९:१६

भद्रपुर २,फागुन / झापाको भद्रपुर नगरपालिकाले फागुन ४ गते सार्वजनिक विदा दिएको छ। श्री स्वस्थानी पूर्णिमाका दिन किचकवधमा लाग्ने धार्मिक मेलाका अवसरमा ४ गते बुधबार नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो।


भद्रपुर नगरपालिकाको सातौं नगर सभाले नगर क्षेत्र भित्र रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल किचकवध मेलाका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरे अनुसार विदा दिइएको नगरपालिकाले जनाएको छ। उक्त पर्वमा नगरपालिकाको कार्यालय, वडा समितिको कार्यालयहरू तथा नगरपालिका अन्तरगतका सवै निकायहरूलाई विदा गर्न सूचना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *