• Sat. Jul 27th, 2024

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ, कुन राम्रो ?

BySaptahik Samachar

९ श्रावण २०७८, शनिबार १८:०० ९ श्रावण २०७८, शनिबार १८:०० ९ श्रावण २०७८, शनिबार १८:००


भद्रपुर ९,साउन। चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ?  यो आम मानिसको जिज्ञासाको विषय हो।

जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो |जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ |.

जोनसन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि मात्र एन्टिबडी तयार हुन्छ |जोनसन खोपले दुर्लभ रुपमा रगत जम्ने वा स्नायु प्रणाली सम्बन्धि समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रुपमा बताइएको छैन |

जोन्सन खोप सामान्य लक्षण रोक्न ७२ %, सिकिस्त नबनाउन ९६ % र कोभिडबाट मृत्यु रोक्न १०० % प्रभावकारी छ भने भेरोसेल खोप संक्रमण रोक्न ५० – ७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९० % प्रभावकारी भनिएको छ |

जोन्सन खोपलाई अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन / अफ्रिकन देशमा मान्यता दिइएको छ | खोपको व्यापारिक तथा राजनैतिक प्रतिष्पर्धाको कारण अहिले मान्यता जे भए पनि केही समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ |जोन्सन खोपलाई अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन / अफ्रिकन देशमा मान्यता दिइएको छ |

रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ |तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन् |दुवै खोपले कति समयसम्म काम गर्छन भन्ने निश्चित छैन |

समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अवधि थाहा हुन्छ |आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरुको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भएपनि यी दुवै खोप WHO बाट मान्यता प्राप्त र दर्जनौं देशमा लगाइएका खोप हुन् |

डेल्टा भेरिएन्टको लागि दुवै खोप प्रभावकारी छन् |दुवै खोप करोडौं व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर बिकास भएका हुन् |हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यही लगाउनु बुद्धिमानी हुन्छ | डाक्टर रविन्द्र पाण्डेको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *