• Sat. Jul 27th, 2024

गोपाल खनाललाई मरणोपरान्त मङ्गल सेवा पुरस्कार

BySaptahik Samachar

१० फाल्गुन २०७९, बुधबार ११:३४ १० फाल्गुन २०७९, बुधबार ११:३४ १० फाल्गुन २०७९, बुधबार ११:३४

भद्रपुर १०, फागुन । श्रीकृष्ण प्रणामी समुदायको कालिम्पोङस्थित प्रसिद्ध मंगल धामले भद्रपुर–८ का सामाजिक अगुवा गोपालदास खनाललाई मरणोपरान्त पुरस्कृत गर्ने भएको छ ।

स्व. खनाललाई आगामी फागु पर्वका अवसरमा ‘मंगल सेवा पुरस्कार’ प्रदान गरिने धामका प्रमुख धर्मगुरु मोहन प्रियाचार्य महाराजले बताउनुभयो ।

श्रीकृष्ण प्रणामी समुदायका धर्मगुरु मंगलदास महाराजको स्मृतिमा धामले उक्त पुरस्कार स्थापना गरेको हो ।

मंगलदास महाराजको ज्ञान र विचारलाई जनजनमा फैलाएर श्रीकृष्ण प्रणामी समुदायको आस्था अभिवृद्धिमा अतुलनीय योगदान पुर्याएको भन्दै धामले खनाललाई पुरस्कार दिएर सम्मान गर्ने निर्णय गरेको महाराज मोहन प्रियाचार्यले बताउनुभयो ।

खनालले मंगल सेवा समिति नामक संस्था गठन गरेर झापा, मोरङ, काठमाडौं लगायत विभिन्न स्थानमा निस्वार्थ सेवामूलक कार्य गर्नुभएको उहाँका सहकर्मी शंकर भट्टराई बताउनुहुन्छ ।

खनालकै अध्यक्षतामा स्थापना भएको मंगल सेवा समितिले चन्द्रगढी विमानस्थलमा मंगल पार्क निर्माण गरेको थियो भने मेची बहुमुखी क्याम्पस लगायतका स्थानमा पर्यटकीय आकर्षणका उद्यानहरु बनाएको थियो ।

उहाँको कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *