• Sat. Jul 27th, 2024

गुरूकुलको अध्यक्षमा शान्ता बराल चयन

BySaptahik Samachar

१८ बैशाख २०८१, मंगलवार १०:३० १८ बैशाख २०८१, मंगलवार १०:३० १८ बैशाख २०८१, मंगलवार १०:३०

भद्रपुर,१८ वैशाख । शान्ता भट्टराई बराल झापा भद्रपुर ६ मा रहेको श्रीकृष्ण द्वैपायन गुरुकुल वेद  विद्याश्रमको अध्यक्षमा चयन हुनुभएको छ। सोमवार भएको गुरूकुलको ७ औं अधिवेशन तथा २० औं साधारण सभाले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
गुरुकुलकै सभाकक्षमा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, उपाध्यक्षमा शारदा ओली,महासचिवमा अग्निबहादुर दाहाल, सचिवमा भरतमणि सिलवाल,सहसचिवमा महतलाल राजवंशी र कोषाध्यक्षमा तोसल दाहाल चयन हुनुभएको छ।
सर्वसम्मत गठन भएको कार्यसमितिको सदस्यहरुमा रघुनाथ रिमाल,गोपाल भुर्तेल,आशा पोखरेल, ऋषिराम पोखरेल,राजकुमार भट्टराई, कपिल पौडेल, गोविन्द कोइराला, जयन्ती मानी र वेदविद्याश्रमका प्राचार्य महेन्द्र भट्टराई रहनुभएको छ ।
यसैगरी लेखा समितिमा माधव घिमिरे,शालिग्राम भट्टराई र केशव नेपाल चयन हुनुभएको निर्वाचन समितिका संयोजक चिन्तामणि दाहालले जानकारी दिनुभयो।
यस अघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले २० औं साधारणसभा तथा ७ औ अधिवेशनको उदघाटन गर्दै गुरुकुलको श्रीवृद्धिमा आफ्नो योगदान रहने बताउनुभएको थियो । गुरुकुलका अध्यक्ष रेमनाथ चुडालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा भद्रपुर नगरप्रमुख गणेश पोखरेलले शुभकामना दिनुभएको थियो ।
सो अवसरमा विभिन्न पुरस्कारहरू समेत वितरण गरिएको थियो । अधिवेशनको वन्दसत्रले कोषाध्यक्ष महतलाल राजवंशीले प्रस्तुत गरेको प्रतिवेदन,लेखा समितिको प्रतिवेदन र अध्यक्षको प्रतिवेदन सुझाव सहित पारित गरेको थियो ।
अधिवेशन तथा साधारण सभामा वरिष्ठ उपाध्यक्ष हरी निरौलाले स्वागत मन्तव्य तथा सदस्य सचिव महेन्द्र भट्टराईले र सचिव गोपाल आचार्यले पालैपालो कार्यक्रम संचालन गर्नुभएको थियो । नयाँ कार्यसमितिको निर्वाचनको सहजीकरण चिन्तामणि दाहालको संयोजकत्वमा गठित नवराज घिमिरे र दुर्गा भट्टराई सदस्य रहेको समितिले गरेको थियो ।

61 thoughts on “गुरूकुलको अध्यक्षमा शान्ता बराल चयन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *