• Sat. Jul 27th, 2024

गर्भवती प्रहरीलाई अब छुट्टै पोशाक

BySaptahik Samachar

२७ कार्तिक २०८०, सोमबार १३:४० २७ कार्तिक २०८०, सोमबार १३:४० २७ कार्तिक २०८०, सोमबार १३:४०

गर्भवती महिला प्रहरीलाई नेपाल प्रहरीले अब छुट्टै पोशाक उपलब्ध गराउने भएको छ ।
हालकै पोशाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी मुख्यालयले उनीहरूलाई सहज हुने पोशाक दिने निर्णय गरेको हो ।
हाल नेपाल प्रहरीको ८० हजार जनशक्तिमध्ये ७ हजार महिला प्रहरी कर्मचारी छन् ।
प्रहरीको नीति समन्वय समितिको कार्तिक २२ गतेको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोशाक गर्भवती महिला प्रहरीलाई दिने निर्णय गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले भनेका छन् ।


त्यसैगरी, सिभिलमा काम गर्ने प्रहरीलाई अन्य कपडा खरीदका लागि नगद नै दिने र कार्यालयको काममा लगाउने कपडा पनि आवश्यकता अनुसार वैज्ञानिक ढंगले वितरण गर्ने तयारी गरिरहेको पनि प्रवक्ताले बताएका छन् ।
अहिलेसम्म प्रहरीले आफैँ पोशाक खरीद गरी कर्मचारीलाई उपलब्ध गराउँदै आएको छ । कपडा खरीदमा हुने आर्थिक चलखेलले कपडाको गुणस्तर भने कमजोर हुने गर्नुका साथै अन्य स्केल अनुरुप पाउनु पर्ने सामानहरू पनि यथासमयमा र पर्याप्त समेत नपाउने गरेको प्रहरी कर्मचारीको गुनासो रहँदै आएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *