• Sat. Apr 20th, 2024

गणपूरक सङ्ख्याको अभावमा झापा अपाङ्ग संघको साधारण सभा भोलि

BySaptahik Samachar

२० आश्विन २०८०, शनिबार १४:१७ २० आश्विन २०८०, शनिबार १४:१७ २० आश्विन २०८०, शनिबार १४:१७

निर्वाचन असोज २२ गते

भद्रपुर,२० असोज / नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा शाखाको २३ औ साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएको छ। झापा उद्योग संघको प्राङ्गणमा असोज २२ गते हुने निर्वाचन केन्द्रित आजको साधारण सभामा ७४ जना आजीवन सदस्यहरू मात्र उपस्थित भएकाले गणपूरक संख्या नपुगेकोले स्थगित भएको जनाइएको छ।
यस अघि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले साधारण सभाको उद्घाटन गर्नुभएको थियो।

तदर्थ समितिका संयोजक सुरेश श्रेष्ठको सभापतित्वमा भएको साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख आतिथि पोखरेल, विशिष्ट अतिथि उपप्रमुख राधा कार्की, अपाङ्ग संघका पूर्व केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठ र राष्ट्रिय अपाङ्ग महासङ्घका सदस्य मदन गोपाल बोहोराले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संयोजक श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य तदर्थ समिति सदस्य आशा वली ढकाल र कार्यक्रम सञ्चालन केदार महतले गर्नुभएको थियो।
संस्थामा ३ सय १९ जना सदस्य छन्। ३ सय १९ मध्ये ७४ जना मात्र उपस्थित भएकाले गणपूरक संख्या नपुगेको कारण आजको साधारण सभा स्थगित गरिएको छ- तदर्थ समितिका संयोजक सुरेश श्रेष्ठले भन्नुभयो-“साधारण सभा भोलि ११ बजेलाई डाकिएको छ।”
यस अघिको कार्य समितिले यथा समयमा निर्वाचन नगर्दा केन्द्रीय समितिले तदर्थ समिति गठन गरी ६ महिना भित्रमा निर्वाचन गर्ने जिम्मेवारी दिए अनुसार निर्वाचन हुन लागेको हो ।

तदर्थ समितिले निर्वाचन कार्यक्रम आश्विन २२ गतेलाई तोकेको छ। झापा शाखाको निर्वाचनमा लता चापागाईँ कार्की र ऋषि चापागाईँको भिडन्त हुने बुझिएको छ।

3 thoughts on “गणपूरक सङ्ख्याको अभावमा झापा अपाङ्ग संघको साधारण सभा भोलि”
  1. Greetings! Very useful advice within this article! It is the little changes
    which will make the greatest changes. Thanks for sharing!

  2. I blog frequently and I really appreciate your information. This
    article has truly peaked my interest. I’m going to book mark your blog and keep checking for new information about once per week.
    I subscribed to your RSS feed as well.

Leave a Reply

Your email address will not be published. Required fields are marked *