• Sat. Jul 27th, 2024

खोप अभियान जारीः झापामा साउन २० र २१ गते खोप लगाइने

BySaptahik Samachar

१७ श्रावण २०७८, आईतवार १९:३८ १७ श्रावण २०७८, आईतवार १९:३८ १७ श्रावण २०७८, आईतवार १९:३८

साप्ताहिक समाचारदाता /भद्रपुर १७ साउन /कोरोना खोपले विवादित बनेको झापामा साउन २० र २१ गते ५० देखि ५४ वर्षका नागरिकलाई खोप लगाइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले सवै पालिकाहरुलाई अमेरिकाबाट प्राप्त जेन्सिन खोप लगाउने गरी तयारी गर्न पत्राचार गरेको छ। पत्रमा, जिल्ला विपद् व्यवस्थापन समिति डिसिएमसिको साउन १४ गते र जिल्ला कोभिड खोप व्यवस्थापन समितिको साउन १६ गतेको निर्णय बमोजिम यही २० र २१ गते ५०-५४ वर्षका आम नागरिकलाई व्यवस्थित ढंगले खोप अभियान सञ्चालन गर्न भनिएको छ।

झापामा खोप अभियान सञ्चालन भइरहँदा अव्यवस्था भइरहेको र लगाउनु पर्ने भनी वर्गीकरण गरिएका नागरिकले खोप लगाउन नपाएको र अन्य व्यक्तिले खोप लगाए भन्ने अवस्था दोहोरिन नदिन सर्वपक्षीय वैठक राखी पूर्व योजना बनाएर मात्र खोप अभियान सञ्चालन गर्नुपर्ने छ। खोप योजना बनाउँदा घट्दो क्रममा ५४,५३,५२ वर्षका नागरिकलाई पहिलो दिन अर्थात् साउन २० गते र ५१ र ५० वर्ष तथा लक्षित समूहलाई दोस्रो दिन अर्थात साउन २१ गते खोप लगाउन भनिएको छ। ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, भूटानी शरणार्थी र भिषा लागिसकेका विदेश जाने नागरिकलाई लक्षित समूह मानेर खोप दिनु पर्ने छ। यी खोपहरु विगतमा जस्तै जिल्लाका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा सञ्चालन गर्नुपर्ने छ। 

5 thoughts on “खोप अभियान जारीः झापामा साउन २० र २१ गते खोप लगाइने”
  1. I’m impressed, I must say. Seldom do I come across a blog that’s both equally educative and interesting, and let me tell you, you have hit the nail on the head. The issue is something that too few men and women are speaking intelligently about. Now i’m very happy that I came across this in my search for something regarding this.

  2. Next time I read a blog, Hopefully it doesn’t disappoint me as much as this particular one. After all, Yes, it was my choice to read, but I truly thought you would probably have something useful to talk about. All I hear is a bunch of crying about something that you can fix if you were not too busy looking for attention.

Leave a Reply

Your email address will not be published. Required fields are marked *