भद्रपुर ,२७ पुस । झापामा २५ जनाभन्दा बढी भेला हुनेगरी कुनै पनि भेला, मेला र महोत्सव आयोजना गर्न नपाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले आज त्यस्तो निर्णय गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा जिल्ला कोभिड व्यवस्थापन समिति झापाको मंगलबार बसेको बैठकले २५ जना भन्दा बढी भीड जम्मा हुने कार्यक्रममा बन्देज लगाउने निर्णय गरेको हो । छिमेकी भारतमा संक्रमण दर बढेको हुँदा अति आवश्यक नपरी सीमा पारी नजान र जानै परे कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड देखाउन समितिले अनुरोध गरेको छ । बैठकले काँकरभिट्टा लगायत नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण प्रभावकारी बनाउन, सार्वजनिक स्थलमा निःशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन र खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।माघ ७ गतेदेखि सार्वजनिक स्थलहरु (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा, पार्क आदि) मा खोप लगाएको कार्ड देखाएर मात्र प्रवेश दिने अनिवार्य व्यवस्था लागू गरिने र सोही दिनदेखि सार्वजनिक सेवा प्राप्त गर्न समेत खोप कार्ड अनिवार्य गर्ने समितिले निर्णय गरेको छ ।होल्डिङ सेन्टर, आइसोलेसन सेन्टर र अस्पताल तयारी अवस्थामा राख्न समेत समितिले आग्रह गरेको छ । यता केही समयदेखि कोभिड -१९ संक्रमण ग्राफ दैनिक बढ्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो एक हजार चार सय ४६ जना संक्रमण भएको रिपोर्ट दिएको थियो भने आज एक हजार बढेर एकै दिन दुई हजार चार सय ४४ जनामा संक्रमण भएको उल्लेख गरेको छ। झापामा पनि दैनिक २/३जना र कहिले /कहिले शून्यमा झरेको संक्रमण दर बढेर हिजो २६जना र आज २५ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। Post Views: 271 Post navigation भद्रपुर उपमेयर कप महिला भलिबलको उपाधि १० नं. वडालाई पञ्चायती राष्ट्रिय गान गाउँदै पृथ्वी जयन्ती
भद्रपुर नगर पालिकाद्वारा प्रेस क्लबलाई बुट र ८ नं. वडाद्वारा जर्सी प्रदान १७ आश्विन २०८१, बिहीबार ११:१७