• Fri. Jan 23rd, 2026

कोभिड सम्वन्धी जनचेतनामुलक व्यानर सार्वजनिक

BySaptahik Samachar

१५ चैत्र २०७८, मंगलवार १५:२९ १५ चैत्र २०७८, मंगलवार १५:२९ १५ चैत्र २०७८, मंगलवार १५:२९

भद्रपुर १५,चैत्र / कोभिड-१९ सम्वन्धी जनचेतना जगाउने उद्देश्यले तयार पारिएको फ्लेक्स-व्यानरहरू आज(मंगलबार) ७ नं. वडा कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा सार्वजनिक गरिएको छ।
भद्रपुर नगरपालिकाको ७ नं. वडा कार्यालयमा वडा अध्यक्ष विनोदप्रसाद पोखरेल र नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले वडा कार्यालयको भित्तामा टाँस गरेर संयुक्त रुपमा फ्लेक्स-व्यानरहरू सार्वजनिक गर्नुभएको हो।
र रनियमित मास्क प्रयोग गर्न, सावुन- पानीले हात धुन लगायत कोभिड-१९ बाट बच्ने उपायहरूका बारेमा तथा किन र कसरी कोभिडबाट सुरक्षित रहन सकिन्छ भन्ने विषयमा सचेतना जगाउन तयार गरिएका व्यानरहरू ७ नं.वडाका विभिन्न चोकहरूमा राख्ने कार्यक्रम रहेको जनाइएको छ।
७ नं. वडा कार्यालयको सहयोगमा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ती व्यानरहरू तयार पारेको हो। वडा अध्यक्ष पोखरेलले मन्तव्य प्रकट गर्नुभएको चेतनामुलक फ्लेक्स-व्यानर सार्वजनिक कार्यक्रमको सञ्चालन वडा सचिव सोमराज पौडेलले गर्नुभएको थियो।

226 thoughts on “कोभिड सम्वन्धी जनचेतनामुलक व्यानर सार्वजनिक”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *