• Mon. Dec 8th, 2025

कोभिड विरुद्धको खोप अभियान सञ्चालनः झापामा साउन १२ -१५गते लगाइने

BySaptahik Samachar

१० श्रावण २०७८, आईतवार १७:४३ १० श्रावण २०७८, आईतवार १७:४३ १० श्रावण २०७८, आईतवार १७:४३
image

भद्रपुर १०, साउन ।साप्ताहिक समाचारदाता। कोभिड १९ विरुद्धको भेरोसील खोप साउन १२ गतेवाट झापामा लगाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसिको आज वसेको वैठकले कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाउन वाँकी ५५ वर्ष र सो भन्दा माथि उमेर समूहका सवै नागरिकलाइ खोप लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा वसेको वैठकले साउन १२ गतेदेखि १५गतेसम्म भेरोसिल खोप लगाइनेछ। पहिलो र दोश्रो दिन अर्थात साउन १२ र १३ गते लक्षित उमेर समूहलाई र त्यस पछि साउन १५ गतेसम्म शिक्षक , कर्मचारी, प्राध्यापक , सार्वजनिक यातायातका चालक, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, विदेश जान भिषा लागेका नागरिकहरुलाइ खोप लगाउने निर्णय गरेको छ ।
त्यसैगरी पेट्रोलियम व्यवसायमा संलग्न फ्रन्टलाइनमा कार्यरत कामदार ,भन्सार एजेन्ट, छुटेका सुरक्षाकर्मी , उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघका पदाधिकारी , रेडक्रसकर्मी तथा वैंकिड सेवाको क्यास काउन्टरमा काम गर्ने कर्मचारीहरूलाई खोप लगाइने छ ।

यी खोपहरु जिल्लास्थित सम्पूर्ण सरकारी अस्पतालहरु, प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्य चौकी र पालिकाले तोकेको स्थानहरुवाट दिइने पनि निर्णय भएको जिल्ला प्रसाशन कार्यालय झापाले जनाएको छ ।

14 thoughts on “कोभिड विरुद्धको खोप अभियान सञ्चालनः झापामा साउन १२ -१५गते लगाइने”
  1. Вам требуется лечение? лечение в хуньчуне лечение хронических заболеваний, восстановление после операций, укрепление иммунитета. Включено всё — от клиники до трансфера и проживания.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *