• Thu. May 23rd, 2024

किशोरीलाई आत्म रक्षक तालिम

BySaptahik Samachar

४ चैत्र २०७८, शुक्रबार ०८:०५ ४ चैत्र २०७८, शुक्रबार ०८:०५ ४ चैत्र २०७८, शुक्रबार ०८:०५
   भद्रपुर,४ चैत / झापाको भद्रपुर नगरपालिकाले किशोरीहरूलाई स्वरक्षाका लागि आत्मरक्षक तालिम संचालन गरेकाे छ। भद्रपुर नगरपालिकाको सामाजिक विकास शाखाकाे आयाेजनामा भद्रपुर नगरका ६० जना किशोरीलाई  आत्मरक्षक तालिम दिइएको हो। 

किशोरी माथि हुन सक्ने अवाञ्छित कार्य र वलात्कार जस्ता जघन्य अपराधबाट बच्न बचाउनलाई सचेतना प्रदान गर्दै स्वरक्षाका लागि सवल वनाउन आत्मरक्षक तालिम प्रदान गरिएको सो शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो।
झापा जिल्ला खेलकुद विकास समितिबाट प्रशिक्षक/सहजकर्ता र नगर बाल सञ्जालको समन्वयमा सन्चालित चार दिने तालिमको उद्घाटन भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले गर्नुभएको हो। नगर बाल सञ्जालकी अध्यक्ष भावना पाेखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, सामाजिक विकास समितिकी संयाेजक मित्रा भट्टराई र सामाजिक शाखा प्रमुख जीवनकला राउतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सन्जु कोइरालाले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *