• Sat. Jul 27th, 2024

काली मन्दिर अध्यक्षमा भीम पौडेल

BySaptahik Samachar

१० बैशाख २०८०, आईतवार १७:३७ १० बैशाख २०८०, आईतवार १७:३७ १० बैशाख २०८०, आईतवार १७:३७

कार्यसमिति सर्वसम्मत / दश आमा सम्मानित

भद्रपुर /झापा, भद्रपुर-१०, चन्द्रगढी बजारस्थित काली मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा भीम पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ। १३ सदस्यीय कार्य समितिको उपाध्यक्षमा अजय राजवंशी, सचिव ज्योति न्यौपाने, सह सचिव दुर्गा निरौला र कोषाध्यक्षमा रमेश पराजुली रहनुभएको छ। त्यस्तै,सदस्यहरूमा धनप्रसाद शिवाकोटी, भीम आचार्य,गणेश चापागाईं,पानालाल जैसवाल, वविन वस्नेत, तुलसा खतिवडा, उत्तम पौडेल र लक्ष्मण काफ्ले हुनुहुन्छ।
मन्दिरका अध्यक्ष शुशिला बस्नेतको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र उपमेयर राधा कार्कीको विषेश आतिथ्यमा भएको साधारण सभामा १० जना आमाहरूलाई सम्मान गरिएको थियो।

भद्रपुर नगरपालिकाको वडा नं. १० का वडाध्यक्ष टेकबहादुर खड्का, वडा न. ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना लगायत विभिन्न सामाजिक संघ संस्थाका अध्यक्षहरूको उपस्थितिमा सम्पन्न भएको साधारण सभामा अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रमेश पराजुलीले आर्थिक प्रतिवेदन र सचिव यशोदा कोइरालाले कार्यक्रम सन्चालन गर्नुभएको थियो।

One thought on “काली मन्दिर अध्यक्षमा भीम पौडेल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *