• Sat. Jul 27th, 2024

कारितास नेपालद्वारा ११लाख बढीको स्वास्थ्य सामग्री मेची अस्पताललाई प्रदान

BySaptahik Samachar

२२ असार २०७८, मंगलवार १६:४२ २२ असार २०७८, मंगलवार १६:४२ २२ असार २०७८, मंगलवार १६:४२

साप्ताहिक समाचारदाता /भद्रपुर २२ असार। कारितास नेपालले ११लाख रुपैंया भन्दा बढीको स्वास्थ्य सामग्रीहरू मेची प्रादेशिक अस्पताल भद्रपुरलाई प्रदान गरेको छ। जर्मन कारितासबाट उपलब्ध ती सामग्रीहरू आज (असार २२ गते) अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंकप्रसाद बारकोटीलाई कारितास नेपाल दमकका क्षेत्रीय प्रवन्धक देवेन्द्र पोखरेलले हस्तान्तरण गर्नुभएको हो।

कोभिड 19 संग जुध्न नेपाल सरकारलाई सहयोग पुर्‍याउने सामाजिक दायित्व अन्तर्गत कारितासले निम्न आय भएका कोरोना संक्रमितहरूको सेवामा तल्लीन मेची अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेर कोभिड विरूध्दको अभियानमा हातेमालो गरेको हो।

कारितासले प्रदान गरेको सामग्रीहरूमा मेडिकल टेन्ट १०थान, बेड र बेडमा चाहिने सम्पूर्ण सामग्री २० सेट, एन-95 मास्क २५सय, पी पी ई ५० सेट, एन्टी ब्याक्टेरियल ह्यान्ड सेनिटाइजर 500 एम एलका १२५थान, अटोमेटिक ह्यान्ड सेनिटाइजर ३थान र सेनिटाइजर झोल १० जर्किन छ। त्यसैगरी, सर्जिकल ग्लोभ्स १७सय ५०थान,भिटिएम टेष्ट किट ७५थान,पि सि आर टेष्टिङ किट १९२ थान, एक्ट्रयाक्सन किट ५० थान, पल्स अक्सिमिटर २० थान, पोर्टेवल सक्सन मेसिन एउटा र नेवुलाइजर मेसिन १२ थान पनि अस्पताललाई हस्तान्तरण गरिएको कारितास नेपालको भद्रपुरस्थित कोभिड हेल्प डेस्कका स्वयंसेवक नवीन पौडेलले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *