• Sat. Jul 27th, 2024

काठमाडौं महानगरपालिकाद्वारा भद्रपुरलाई शववाहन सहयोग

BySaptahik Samachar

२५ चैत्र २०७८, शुक्रबार १९:४८ २५ चैत्र २०७८, शुक्रबार १९:४८ २५ चैत्र २०७८, शुक्रबार १९:४८

भद्रपुर २५,चैत्र /झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एसीसहितको शव वाहन सहयोग गरेको छ ।शुक्रबार आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकालाई शववाहन हस्तान्तरण गरिएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई शववाहनको चाबी हस्तान्तरण गर्नुका साथै सम्झौता पत्र आदान–प्रदान गर्नुभएको थियो ।
मानवीय सेवाका लागि सेवाप्रदायक संस्था तथा पालिकाहरुलाई सहयोग गर्ने महानगरपालिकाको वार्षिक कार्ययोजना अनुसार झापा जिल्लाकै पहिलो र पुरानो नगरपालिकालाई शववाहन सहयोग गरिएको बताउँदै महानगरपालिकाका प्रमुख शाक्यले यो सहयोग मानवीय सेवामा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो भने भद्रपुर नगरप्रमुख श्रेष्ठले अति आवश्यक सवारी साधन सहयोग गरेकोमा महानगरपालिका र त्यसका लागि समन्वय गर्ने भद्रपुर काठमाडौं सरोकार समाजका सचिव झलेन्द्र भट्टराई, झापा मिलन केन्द्र भक्तपुरका सचिव झापा चन्द्रगढी निवासी राममणि न्यौपानेलगायतलाई धन्यवाद दिनुभयो ।

प्रसिद्ध भारतीय मोटर कम्पनी टाटाको उक्त शववाहनको नम्बर बागमती ०१–०२ झ ५९५५ रहेको छ । सो सवारीसाधनको बजारमूल्य करिब ३१ लाख रुपैयाँ रहेका बताइन्छ । शववाहन लिन नगरप्रमुख श्रेष्ठ आजै दिउँसो काठमाडौं जानुभएको भद्रपुर नगरपालिकाका प्रेस संयोजक गंगा वरालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *