• Sat. Jul 27th, 2024

कर्मचारी युनियनको प्रदेश एक अध्यक्षमा वन विजयी

BySaptahik Samachar

२५ फाल्गुन २०७८, बुधबार ०८:५९ २५ फाल्गुन २०७८, बुधबार ०८:५९ २५ फाल्गुन २०७८, बुधबार ०८:५९

भद्रपुर, २४ फाल्गुन / नेपाल निजामती कर्मचारी युनियनको प्रदेश नम्बर १ अध्यक्षमा मान बहादुर वन निर्वाचित हुनुभएको छ। कांग्रेस निकट कर्मचारी युनियनको ८ औ केन्द्रिय महाधिवेशनमा प्रत्यासी तोयानाथ तिम्सिनालाई भारी मतले पछि पार्दै वन विजयी हुनुभएको हो । फागुन २१-२३ सम्म काठमाण्डौंमा भएको अधिवेशनमा प्रत्यासी तिम्सिनालाई १ सय ५१ मतले पछि पार्दै वनले प्रदेश नम्बर १ को अध्यक्षमा जित हासिल गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । हिजो विहान सार्वजनिक मत परिणाम अनुसार वनले ३७७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्यासी तिम्सिनाले २२६ मत मात्र प्राप्त गर्नुभएको थियो ।

कर्मचारी युनियन उदयपुरको दुई कार्यकाल सचिव, दुई कार्यकाल अध्यक्ष हुदै सातौ महाधिवेशनबाट देशभरबाट लोकप्रिय मत प्राप्त गर्दै केन्द्रिय सदस्यमा वन निर्वाचित भएका थिए ।

प्रदेश नम्बर १ को अध्यक्षमा निर्वाचित भएपछि वन स्वत केन्द्रिय उपाध्यक्ष भएका छन । कर्मचारी युनियनको विधान अनुसार प्रदेश अध्यक्ष केन्द्रिय उपाध्यक्ष हुने व्यवस्था रहेको छ । प्रदेश अध्यक्षको लागि बलियो दाबेदारको रुपमा उभिन लागेका वन कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन उदयपुरका उपाध्यक्ष समेत हुन् ।
केन्द्रिय अध्यक्षमा वनकै प्यानलबाट गोपाल पोखरेल बिजयी बनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *