पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का २४ बर्षीय मुगालाल माझी रहेका छन् ।गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी निरीक्षक दलकुमार राईको टोलीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।
कटुवा पेस्तोल सहित पक्राउ परेका माझीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।