
नेपाल कम्युनिष्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको जानकारी दिए।
प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तर्विरोध समाधान गराउन भुमिका खेल्नुपर्ने पनि उनको भनाई छ। ‘अब तपाईँको नेतृत्वको सरकार अनि त्यसको समर्थनमा वामपन्थीहरु नआउने सरकार, त्यसरी नचलाउनुस्। तपाईँले आव्हान गर्नुस् कि हामी फेरि पनि वामपन्थी सरकार दिन चाहान्छौँ। त्यसो भएर नेपालका कम्युनिष्ट पार्टीहरु सबैसित म हार्दिक आव्हान गर्छु कि, हामीसित वार्तामा आउनुस्, सँगै बसौँ र देशलाई अगाडि बढाउन हातेमालो गरौँ भन्नुस् र वामपन्थी सरकार बनाउने हो भने त्यसको फेरि पनि मुख्यशक्ति नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) हुनेछन् र तपाईँले प्रचण्डलाई बोलाएर तुरुन्तै अनुरोध गर्नुस्’, उनले भने, ‘हामी नयाँ शिराबाट अगाडि बढौँ। आज अगाडि गरिएका हाम्रा उचित, अनुचित व्यवहारहरु, राम्रा व्यवहारहरु कायम राखे पनि हुन्छ। शिक्षा लिए पनि हुन्छ।’
उनले नराम्रा अनुचित जति व्यवहारहरु भए पनि ती सबै एउटा बेरियर, त्यसलाई कायम गरौं भन्दै बटमलाइन एउटा निश्चित गरौँ त्यो भन्दा अगाडिका विषयहरुलाई आज हामी नउठाऔँ भनेका छन्। ‘अगाडि बढाऔँ भनेर त्यहाँ कुरा गर्नुस्। एमाले भित्रै अहिले समस्या देखियो। मुख्य व्यक्तिहरुलाई बोलाएर तपाइले अनुरोध गर्नुस्। अत्यन्त सम्मानपूर्ण व्यवहार गर्नुस्। र हामी फेरि एकताबद्ध भएर जान्छौं। हामीले गर्नुपर्ने काम धेरै छन् र त्यो राष्ट्रिय जिम्मेवारी नेकपा (एमाले) को हो। त्यो एमालेको जिम्मेवारी हामीले एकताबद्ध गरेर मात्रै पुरा गर्न सक्छौँ त्यसभएर तपाइले यो आव्हान गर्नुस् । शुरु गर्नुस् भनेर मैले अनुरोध गरें,’ उनले भने।
संयोजक गौतमले माधव नेपाल समुहले छुट्टै गतिविधिहरु सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्नका लागि प्रधानमन्त्री ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधान विपरित निर्णय फिर्ता गर्नुपर्ने बताए नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफू अगाडि बढेको गौतमको भनाई छ।
साभार : setopati
Szukasz emocji? Bukmacher Mostbet – najlepszy wybór oferuje
atrakcyjne bonusy i promocje . Sprawdź sam! mostbet pl (Julian)
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.