• Sat. Jul 27th, 2024

एमाले अध्यक्ष ओलीद्वारा निजामती कर्मचारीको भवन उद्घाटन

BySaptahik Samachar

२५ पुष २०७८, आईतवार १७:१६ २५ पुष २०७८, आईतवार १७:१६ २५ पुष २०७८, आईतवार १७:१६

भद्रपुर २५ पुस / पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ। भद्रपुर १० चन्द्रगढीस्थित शहीद मनोज-झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवन नामाकरण गरिएको सो भवनको शिलान्यास विसंं २०७० माघ ५ गते उहाँले नै गर्नुभएको थियो ।
सोह्र कोठाको दुईतले भवन निर्माणमा रु.एक करोड ८८ लाख नौ हजार ५७० खर्च भएको संगठनका अध्यक्ष लक्ष्मी गुरागाईँले बताउनुभयो।
भवन निर्माणका लागि राष्ट्रसेवक सहकारी संस्थाबाट ५० लाख, शान्ति मन्त्रालयबाट २८ लाख,तत्कालीन जिल्ला विकास समितिबाट ३लाख ८२ हजार, सांसद विकास कोषबाट एक लाख ९६ हजार २५०,जिल्ला प्राविधिक कार्यालयबाट एक लाख ९० हजार, भद्रपुर नगरपालिकाबाट एक लाख ४६ हजार सहयोग प्राप्त भएको थियो।
यसैगरी विभिन्न दाताबाट ४२ लाख ४१हजार ६१३संकलन भएको थियो। भवन निर्माणका लागि ५२लाख ५०हजार राष्ट्रसेवक सहकारीबाट ऋण लिइएको जनाइएको छ ।
भद्रपुर नगरपालिका १० चन्द्रगढीस्थित लेखनाथ चोकमा दुई कठ्ठा१५धुर जग्गामा बनेको भवनको भुईंतलामा १४ कोठा र पहिलो तलामा दुईवटा सभा कक्ष छन्।
अध्यक्ष ओली, जिल्लाका भद्रपुर, कमल र शिवसताक्षी पालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन आजै काठमाण्डौंबाट झापा आउनु भएको हो।

49 thoughts on “एमाले अध्यक्ष ओलीद्वारा निजामती कर्मचारीको भवन उद्घाटन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *