• Sat. Jul 27th, 2024

एमालेद्वारा भद्रपुर नगरपालिकाको सवै पदमा उम्मेदवारी दर्ता

BySaptahik Samachar

११ बैशाख २०७९, आईतवार १६:३० ११ बैशाख २०७९, आईतवार १६:३० ११ बैशाख २०७९, आईतवार १६:३०

भद्रपुर ११,वैशाख/भद्रपुर नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि पहिलो दिन वैशाख ११ गते ३ वटा दलले प्रमुख उपप्रमुख सहितका पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालय झापाको उम्मेदवारी दर्ता तालिका अनुसार, ९नेकपा एमाले, मंगोल नेशनल अर्गनाइजेसन र मौलिक जरोकिलो पार्टीले प्रमुख उपप्रमुख सहितका पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेले भद्रपुर नगरपालिकाका लागि प्रमुख अशारू राजवंशी, उपप्रमुखमा कौशिल्या अधिकारीसहित ५२ वटै पदमा उम्मेदवारी दर्ता गरेको छ ।
१० वटा वडा रहेको भद्रपुरमा वडा नम्वर १ को अध्यक्ष यामप्रसाद अधिकारी, २ को अध्यक्षमा भिमबहादुर सुब्बा, ३ को अध्यक्षमा कमला थुलुङ, ४ को वडाध्यक्षमा पूर्णबहादुर लिम्बू, ५ को अध्यक्षमा रेवतीरमण खनाल, ६ को वडाध्यक्षमा सोहनलाल राजवंशी, ७ को वडाध्यक्षमा पोषराज पौडेल, ८ को वडाध्यक्षमा जगदिश जोशी, ९ को वडाध्यक्षमा रामप्रसाद दाहाल र १० को वडाध्यक्षमा टेकबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै मंगोल नेशनल अर्गनाइजेसन पार्टीले भद्रपुर नगर प्रमुखका लागि इन्द्रकुमार सुहाङ र उपप्रमुखका लागि यामकुमारी लिम्बूसहित ५ वडाका सबै पदमा उम्मेदवारी दर्ता गराएको छ । वडा नम्वर १ को वडाध्यक्षमा गोपाल तामाङ, २ को वडाध्यक्षमा महेन्द्रकुमार लिम्बू, ३ को वडाध्यक्षमा अम्बरबहादुर लिम्बू, ४ को वडाध्यक्षमा सुवास लिम्बू र ७ को वडाध्यक्षमा दिलकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी मौलिक जरोकिलो पाटीले नगर प्रमुखमा चूडामणि अधिकारी र उपप्रमुखमा कृष्णदेवी चुडाललाई उम्मेदवारी दर्ता गराएको छ । सो दलले भद्रपुर १ का लागि वडाध्यक्ष देवीप्रसाद ओलीसहित सवै पदमा उम्मेदवारी दर्ता गराएको छ ।यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा भद्रपुर १ बाट कपिलमणि खरेल र भद्रपुर ६ का लागि राजेश गुप्ताले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *