• Sat. Jul 27th, 2024

एक हातले छातीमा र अर्को हातले माटो छोएर राजेन्द्र लिङदेनलाई भोट दिनुहोस्: मनिषा कोइराला

BySaptahik Samachar

२९ कार्तिक २०७९, मंगलवार २०:१२ २९ कार्तिक २०७९, मंगलवार २०:१२ २९ कार्तिक २०७९, मंगलवार २०:१२

झापा ।नेपाली कांग्रेसका संस्थापक स्व.बिपी. कोइरालाकी नातिनी बलिउड सुपर स्टार मनिषा कोइरालाले आफुले आफ्नो हजुरबुबाले सुझाए झै एक हात छातिमा र अर्को हातमा नेपालको माटो समाइ सोच बिचारपूर्ण निर्णय गर्दै राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाइ सहयोग गर्न आएको बताउनुभएको छ।
झापाको निर्वाचन क्षेत्र नं ३ अन्तरगतको राजगढ बजारमा मंगलबार आयोजित नेकपा.एमाले तथा राप्रपाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै
उहाँले यो देशमा लागेको भ्रष्टाचारको क्यान्सर राजेन्द्र लिङ्देनले ठिक गर्ने बताउँदै आफू लिङ्देन संग अत्यन्तै प्रभावित भएको बताउनुभयो ।
संयुक्त चुनाव प्रचार समितिद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै राप्रपा.अध्यक्ष तथा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार लिङ्देनले बिसौ बर्ष शासन गरेको नेपाली कांग्रेसले नगरेको बिकास आफुले पाँच बर्ष मा गरेर देखाएको बताउनुभयो । आफूले जिते पछि मात्रै सांसदको काम क्षेत्रलाई समृद्धि तर्फ लैजाने पनि रहेछ भन्ने जनताले थाहा पाएको उहाँको भनाइ थियो।

नेकपा.एमालेका नेता देवेन्द्र दाहाल, जितु गौतम लगायत राप्रपा.का अन्य नेताहरूले समेत सम्बोधन गरेको कार्यक्रमकी मुख्य आकर्षण बलिउड सुपर स्टार कोइराला, प्रतिनिधि सभाका उम्मेदवार लिङ्देन र क्षेत्र नं.३ प्रदेश “ख” का उम्मेद्बार छबिलाल चुडालले पनि सम्वोधन गर्नुभएको थियो।

38 thoughts on “एक हातले छातीमा र अर्को हातले माटो छोएर राजेन्द्र लिङदेनलाई भोट दिनुहोस्: मनिषा कोइराला”
  1. Someone essentially lend a hand to make severely posts
    I would state. This is the first time I frequented your website
    page and so far? I surprised with the analysis you made to create this particular publish amazing.

    Wonderful activity!

Leave a Reply

Your email address will not be published. Required fields are marked *