• Sat. Jul 27th, 2024

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

BySaptahik Samachar

१० श्रावण २०७८, आईतवार १६:१८ १० श्रावण २०७८, आईतवार १६:१८ १० श्रावण २०७८, आईतवार १६:१८

भद्रपुर १० साउन। साप्ताहिक समाचारदाता। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार आज श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै प्रधानमन्त्री देउवालाई चौतर्फी दबाब थियो।
आफूलाई समर्थन गरेका दलहरूबीच मन्त्रालयको भागबन्डा टुंगिन बाँकी रहेकाले देउवाले कांग्रेस सांसद श्रेष्ठलाई राज्यमन्त्री मात्र नियुक्त गरेको बुझिएको छ।

राज्यमन्त्री नियुक्त हुनु भएका श्रेष्ठको मूल घर भोजपुर भए पनि उहाँ राजधानी काठमाडौंमा लिटिल एन्जल्स विद्यालयको सञ्चालक हुनुहुन्छ । श्रेष्ठको जग्गा, बैंक र होटल क्षेत्रमा पनि लगानी छ। उहाँ बिगतमा प्याब्सनको अध्यक्ष पनि हुनुहुन्थ्यो भने अहिले उहाँ कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *