• Sat. Jul 27th, 2024

आरक्षण विरोधी भएको भ्रमपूर्ण प्रचारको राप्रपा अध्यक्ष लिङ्देनद्वारा खण्डन

BySaptahik Samachar

२६ कार्तिक २०७९, शनिबार १८:२४ २६ कार्तिक २०७९, शनिबार १८:२४ २६ कार्तिक २०७९, शनिबार १८:२४

भद्रपुर /राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जात र धर्मको विवाद सिर्जना गर्नेहरू देशद्रोही भएको टिप्पणी गर्नुभएको छ। झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्नु भएका लिङ्देनले भद्रपुरमा चुनाव प्रचार समितिले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जात र धर्मलाई लिएर राजनीति गर्नेलाई देश द्रोहीको संज्ञा दिदै भन्नुभयो-त्यस्तो कार्य गर्नेप्रति म घृणा गर्छु।
समाजमा घृणा र विद्वेष पैदा गर्ने तथा धार्मिक – सामाजिक सद्भाव विथोल्ने गरी विपक्षी उम्मेदवारले चलाएको भ्रमपूर्ण प्रचारबाजीप्रति आपत्ति प्रकट गर्दै अध्यक्ष लिङ्देनले कुत्सित मनसायबाट आएका कुप्रचारको खण्डन पनि गर्नुभयो। सवैको पहिचानको सम्मान गर्दै राष्ट्रिय पहिचानको मान्यता स्थापित हुनुपर्छ भन्नेमा प्रतिबध्दता ब्यक्त गर्दै उहाँले आफू आरक्षण विरोधी नभएको र आरक्षण नपाउनेहरूलाई पनि समेटिनु पर्छ भन्ने मान्यतामा अडिग रहेको स्पष्ट पार्नुभयो ।
२०७४ सालको संसदीय निर्वाचनपछि मात्र झापा ३ नम्बर क्षेत्रमा विकासको लहर सुरु भएको बताउँदै लिङ्देनले कालो सडक हेर्न पुरानो भद्रपुर वा सीमा पारी पुग्नुपर्ने अवस्थाबाट अहिले ३ नम्बर क्षेत्रका सवै वार्ड कालो पत्रे सडक सञ्जालले जोडिएको बताउनुभयो। नदी खोलाको व्यवस्थापन तथा हुलाकी मार्ग र मेची मार्गको निर्माणका साथै जंगली हात्ती नियन्त्रणमा आफ्नो उल्लेख्य भूमिका रहेको बताउँदै २०७४ पछि निर्वाचित जनप्रतिनिधिबाट ३ क्षेत्रमा विकासको सुरूआत भएको उल्लेख गर्नुभयो।

प्रदेश सभा सदस्यका उम्मेद्वार बसन्तकुमार वानियाले समेत मन्तव्य राखेको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन पत्रकार तथा चुनाव परिचालन कमिटीका सदस्य माधव विद्रोहीले गर्नुभएको थियो।

3 thoughts on “आरक्षण विरोधी भएको भ्रमपूर्ण प्रचारको राप्रपा अध्यक्ष लिङ्देनद्वारा खण्डन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *