• Sat. Jul 27th, 2024

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने प्रक्षेपण

BySaptahik Samachar

१२ श्रावण २०७८, मंगलवार १२:०८ १२ श्रावण २०७८, मंगलवार १२:०८ १२ श्रावण २०७८, मंगलवार १२:०८

काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको आधारमा आगागी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना रहेको जनाएका छन् ।

‘सम्भावित तेस्रो लहरमा बालबालिकालगायत खोप लगाउन नपाएका व्यक्ति बढी जोखिममा पर्ने सम्भावना देखिन्छ,’ उनको भनाइ छ ।

– जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति
– ३८ हजार बढीलाई भर्ना गर्नुपर्ने
– ५ महिनामा झन्डै २ लाख नयाँ संक्रमित थपिने
– असोजभित्र १ करोड ५ लाख मात्रा खोप प्राप्त हुने
–४९ लाख बालबालिकालाई खोप लगाइने

स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा कोरोना नियन्त्रण गर्न सकिनेछ । हाल झन्डै ७ प्रतिशत नागरिकले मात्रै खोप लगाएका छन् ।

संक्रमण दर बढ्दै गए ३८ हजार सात सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र सोमध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले तयार पारेको द्रुत कार्ययोजनामा उल्लेख छ ।

कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य पूर्वाधार तयारी थालिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बालबालिकाका लागि १ सय ८० भेन्टिलेटरसहितको २ सय ७५ आईसीयू बेड थप्ने कार्य अघि बढाइएको छ । यस्तै, सरकारी अस्पतालमा हाइ डिपेन्डेन्सि युनिट बेड संख्या २ हजार ७५ र निजीमा ७ सय ७८ थप गरी सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयले थप १ हजार ४ सय शøया हाइ डिपेन्डेन्सी युनिट थप्ने क्रममा रहेको जनाएको छ । भेन्टिलेटरको संख्या ९ सय पु¥याइएकोमा १ सय ८० थप गर्ने प्रक्रियामा रहेको छ ।

असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत कोभ्याक्समार्फत भदौको पहिलो साता जापानबाट एक्स्ट्राजेनेका खोप १६ लाख मात्रा र कोभ्याक्समार्फत नै भदौ अन्तिम साता ३ लाख ४८ हजार मात्रा आउनेछ । यस्तै, वैदेशिक अनुदानअन्तर्गत चीन सरकारबाट १६ लाख मात्रा साउनको अन्तिम साता प्राप्त हुनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार खरिदअन्तर्गत भारतबाट १० लाख मात्रा कोभिसिल्ड र चीनबाट ६० लाख मात्रा भेरोसिल खोप प्राप्त हुनेछ । कोभिसिल्ड भदौ दोस्रो साता र भेरोसिल भदौ अन्तिम साता प्राप्त हुनेगरी तयारी थालिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । असोजदेखि चैतसम्म थप ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुनसक्ने गरी प्रक्रिया अघि बढाइएको छ ।

‘सम्भावित तेस्रो लहरमा बालबालिकालगायत खोप लगाउन नपाएका व्यक्तिहरू बढी जोखिममा पर्ने सम्भावना देखिन्छ
लक्ष्मण अर्याल, सचिव, स्वास्थ्य मन्त्रालय

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका ४९ लाख बालबालिकालाई पनि खोप लगाउने योजना बनाएको छ । त्यसका लागि खोप प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीका अनुसार बालबालिकाका लागि फाइजरको खोप ६० लाख मात्रा लगाइनेछ । डा. लोहनीले खोप खरिद तथा अनुदान प्राप्तिका लागि प्रयास थप सघन बनाइरहेको बताए । असोज मसान्तसम्म ३३ प्रतिशत र चैत महिनाभित्र सबै लक्षित समूहलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

एक महिनायता सोमबार सबैभन्दा धेरै संक्रमित
सोमबार देशभर एक महिनायताकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । देशभर थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसभन्दा अगाडि सबैभन्दा धेरै ८ असारमा ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ३ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको हो । १२ हजार २ सय ४० जनाको आरटी–पीसीआर विधिबाट नमुना परीक्षण गर्दा २ हजार ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । एन्टिजेन परीक्षणबाट १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सोमबार २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर हालसम्म ९ हजार ७ सय ३८ संक्रमितको मृत्यु भएको छ । केही दिनयता संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । संक्रमण रोकथामको उच्चतम उपाय जनस्वास्थ्य मापदण्ड कार्यान्वयन भएको भन्दै स्वास्थ्य मन्त्रालयले पटकपटक हेलचेक्रयाइँ नगर्न आग्रह गर्दै आएको छ ।

Drajdhanidaily.com/प्रशान्त वली

409 thoughts on “असोज दोस्रो सातादेखि तेस्रो लहर आउने प्रक्षेपण”
  1. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

  2. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

  3. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

  4. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

  5. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

  6. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

  7. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

Leave a Reply

Your email address will not be published. Required fields are marked *