• Sat. Jul 27th, 2024

अव एम्बुलेन्सहरूमा जीपीएस जडान गरिने

BySaptahik Samachar

१४ असार २०७९, मंगलवार १०:५२ १४ असार २०७९, मंगलवार १०:५२ १४ असार २०७९, मंगलवार १०:५२

भद्रपुर १४,असार /सरकारले एम्बुलेन्सहरूमा ग्लोबल पोजिशनिङ सिस्टम (जीपीएस)सिस्टम लागु गर्ने भएको छ। जीपीएस ट्रयाकिङ सिस्टमको प्रयोगबाट एम्बुलेन्स ब्यवस्थापन गर्न सजिलो हुने भन्दै जीपीएस जडानको ब्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश सरकार मार्फत जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको हो । जीपीएस जडानका लागि नौ वर्ष भन्दा पुरानो साधन हुन नहुने र एम्बुलेन्स सञ्चालन अनुमति लिएको हुनुपर्ने व्यवस्था गरिएको छ।
पत्रमा स्वास्थ्य चौकी, अस्पताल वा स्वास्थ्यसंग सम्बन्धित संस्थाले चलाइरहेको ‘क’ र ‘ख’ श्रेणीका एम्बुलेन्सहरूमा जीपीएस सिस्टम जडान गरिने उल्लेख छ। त्यसका लागि असार १४ गते मंगलबारसम्ममा आवश्यक कागजात सहित आवेदन दिन सम्वन्धित संस्थाहरूलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सरकारले क र ख श्रेणीका एम्बुलेन्सहरूबाट मात्र सेवा प्रदान गर्ने निर्णय गरिसकेको छ।

जीपीएस जडित एम्बुलेन्सहरूलाई एउटा कन्ट्रोल रुम बनाउने र त्यसको व्यवस्थापन एउटै कक्षबाट नियन्त्रण गर्ने योजना अगाडि सारिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो । एम्बुलेन्स खरीदका लागि राजस्व छुटको व्यवस्थामा पनि पुनरावलोकन गरिँदैछ।
यो नयाँ व्यवस्थाले एम्बुलेन्स सेवामा देखिएको अव्यवस्थामा सुधार आउने विश्वास गरिएको छ।

6 thoughts on “अव एम्बुलेन्सहरूमा जीपीएस जडान गरिने”
  1. It’s hard to find experienced people for this subject, however, you sound like you know what you’re talking about! Thanks

  2. Nice post. I learn something totally new and challenging on blogs I stumbleupon everyday. It’s always helpful to read articles from other writers and practice something from other websites.

  3. Right here is the right web site for everyone who really wants to understand this topic. You know so much its almost tough to argue with you (not that I personally will need to…HaHa). You certainly put a brand new spin on a topic that has been written about for decades. Great stuff, just excellent.

Leave a Reply

Your email address will not be published. Required fields are marked *