• Sat. Jul 27th, 2024

अर्थ मन्त्री शर्माद्वारा राजीनामा

BySaptahik Samachar

२२ असार २०७९, बुधबार १७:१७ २२ असार २०७९, बुधबार १७:१७ २२ असार २०७९, बुधबार १७:१७

भद्रपुर २२,असार /अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ।आज प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले राजीनामा दिनुभएको हो।
बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ।
शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भन्नुभयो , ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’
शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताउनुभएको छ ।राजीनामा दिएपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो , ‘मैले कुनै गल्ती गरेको छैन। कमीकमजोरी गरेको छैन। यसबारे प्रश्न उठेपछि सत्यतथ्य छानबिन होस् भनेर राजीनामा दिएको हुँ।’
शर्माले आजै संसदमा बोल्दै आधिकारिक व्यक्तिहरूबाट बजेट बनाएको बताउँदै आउनुभएको छ । उहाँले सिसीटिभी फुटेज आफूले डिलिट नगरेको पनि बताउनुभएको छ ।

One thought on “अर्थ मन्त्री शर्माद्वारा राजीनामा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *