• Sun. Jun 23rd, 2024

अपाङ्ग पुनर्स्थापना केन्द्रमा हावा घर निर्माण

BySaptahik Samachar

१८ आश्विन २०८०, बिहीबार २१:४९ १८ आश्विन २०८०, बिहीबार २१:४९ १८ आश्विन २०८०, बिहीबार २१:४९

भद्रपुर, १८ असोज / नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा शाखाद्वारा सञ्चालित कोसी प्रदेश स्तरीय अपाङ्गता पुनर्स्थापना केन्द्र परिसरमा निर्माण गरिएको चौतारोको विधिवत् उद्घाटन गर्दै निर्माता परिवारले संस्थालाई हस्तान्तरण गरेका छन्।
झापा भद्रपुर – ४ झापा चोकस्थित पुनर्स्थापना केन्द्रको परिसरमा नवनिर्मित चौतारोको जगद्गुरू श्रीकृपालु जी महाराजकी शिष्या सुश्री श्रीशेश्वरीले आज उद्घाटन गर्नुभएको हो।


भद्रपुर निवासी जगद्गुरू कृपालुजीका भक्तजनले एक लाख १० हजार रूपैयाँको लागतमा चौतारो (हावा घर) निर्माण गरेका हुन् । निर्माणकर्ताले अपाङ्गता पुनर्स्थापना केन्द्रका आवासीय आश्रित अपाङ्गता भएकाहरुको सहजताका लागि चौतारो निर्माण गरिदिए पनि आफ्नो नाम भने सार्वजनिक गर्न नचाहेको सो केन्द्रका प्रोजेक्ट इन्चार्ज केदार महतले जानकारी दिनुभयो।

4 thoughts on “अपाङ्ग पुनर्स्थापना केन्द्रमा हावा घर निर्माण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *