• Sat. Jul 27th, 2024

अपाङ्गता भएकालाई रोटरीद्वारा ह्वील चेयर

BySaptahik Samachar

१७ माघ २०७९, मंगलवार १८:५४ १७ माघ २०७९, मंगलवार १८:५४ १७ माघ २०७९, मंगलवार १८:५४

भद्रपुर /रोटरी क्लब अफ भद्रपुरले अपाङ्गता भएका एकजनालाई ह्वील चेयर प्रदान गरेको छ। नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको पुनर्स्थापना गृहमा रहेका एक व्यक्तिलाई रोटरीले मंगलबार ह्वील चेयर प्रदान गरेको हो।
रोटरी क्लबका अध्यक्ष ईश्वर अधिकारी सहितको टोलीले अपाङ्ग संघद्वारा सञ्चालित भद्रपुरमा रहेको प्रदेश स्तरीय अपाङ्गता पुनर्स्थापना गृहमै पुगेर ह्वील चेयर हस्तान्तरण गरेको हो।
त्यस अवसरमा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका निवर्तमान अध्यक्ष धनजुजु श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरी, रोटरी क्लब अफ भद्रपुरका सचिव पवन श्रेष्ठ लगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *