• Thu. Jun 13th, 2024

अग्रज सहकारीकर्मी ढकाल रहनु भएन

BySaptahik Samachar

३ श्रावण २०७९, मंगलवार ०८:०९ ३ श्रावण २०७९, मंगलवार ०८:०९ ३ श्रावण २०७९, मंगलवार ०८:०९

भद्रपुर ३ श्रावण । झापा भद्रपुरका सामाजिक व्यक्तित्व तुलसी प्रसाद ढकालको निधन भएको छ ।भद्रपुर – ७ निवासी ढकालको राजधानी काठमाण्डौमा उपचारकै क्रममा गएराति निधन भएको हो। उहाँ ८२ वर्षको हुनुहुन्थ्यो। उहाँ लामो समयदेखि मधुमेह रोगसंग जुध्दै हुनुहुन्थ्यो ।

झापामा कुशल सहकारीकर्मीका रुपमा परिचित उहाँले किसान संघ झापा र जिल्ला सहकारी संघ झापाको नेतृत्व सम्हाल्नुभएको थियो ।
ढकाल बन्धु हित तथा वंशावली एकीकृत समाजका संस्थापक उपाध्यक्ष तथा हाल केन्द्रीय सल्लाहकार उहाँले भोजपुर याकुका ढकाल परिवारको इतिहास र १० पुस्ताको नाम विवरण समेतको पुस्तावली लेखी सकेर लगभग प्रकाशन गर्ने तरखरमा हुनुहुन्थ्यो। प्रजातान्त्रिक अान्दोलन र शैक्षिक जागरणमा सक्रिय सामाजिक अभियन्ता उहाँ धार्मिक एवं सामाजिक संघ संस्थामा क्रियाशील रहनु हुन्थ्यो। उहाँका पत्नी, तीन छोराहरु तेजराज, भेषराज र योगराज तथा एक छोरी रमिला हुनुहुन्छ ।

पछिल्लो पटक उहाँलाई मुटु सम्बन्धी समस्या देखिए पछि राजधानी काठमाण्डौको गंगालाल हृदय रोग उपचार केन्द्रमा उपचार गराउँदै हुनुहुन्थ्यो ।

26 thoughts on “अग्रज सहकारीकर्मी ढकाल रहनु भएन”
  1. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

Leave a Reply

Your email address will not be published. Required fields are marked *