• Sat. Jul 27th, 2024

अक्सिजन कन्सन्टेटर हस्तान्तरण

BySaptahik Samachar

९ असार २०७८, बुधबार १८:०६ ९ असार २०७८, बुधबार १८:०६ ९ असार २०७८, बुधबार १८:०६

भद्रपुर ९, असार । मेची अभियानले झापामा ठूलो संख्यामा स्वास्थ्य उपकरण वितरण गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा प्राप्त २५ वटा अक्सिजन कन्सन्टेटर मेसिन अभियानले झापासहित पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङमा वितरण गरेको छ । कोरोनाको दोस्रो लहरपछि झापा आएका कांग्रेस प्रवक्ता शर्मा अभियानमा सक्रियताका साथ लाग्नु भएको छ।


अभियानले झापाको ५ वटै निर्वाचन क्षेत्रमा उपलब्ध हुने गरी अक्सिजन कन्सन्टेटर मेसिनहरु वितरण गरिएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनामार्फत् झापा क्षेत्र नं. २, ३, ४ र ५ लाई ३ वटाका दरले १२ वटा अक्सिजन कन्सन्टेटर हस्तारन्तरण गरेको अभियानका संयोजक बिजय डालमियाले जानकारी दिनुभयो ।


अभियानले यसअघि नै झापा क्षेत्र नं. १ मा रहेका बुद्धशान्ति गाउँपालिकाको आइसोलेसन र मेची आम्दा अस्पताललाई २\२ वटा, धाइजनस्थित मेचीनगरको आइसोलेसन,काँकडभिट्टा र धुलाबारी स्वास्थ्य चौकीलाई १\१ वटा अक्सिजन कन्सन्टेटर मेसिन वितरण गरिसकेको संयोजक डालमियाले बताउनुभयो ।


अभियानले पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङलाई २\२ वटाका दरले अक्सिजन कन्सन्टेटर वितरण गरेको हो । कांग्रेस प्रवक्ता शर्माको पहलमा करुणा फाउन्डेसन र ग्लोबल एनआरएनबाट अक्सिजन कन्सन्टेटर प्राप्त भएको हो ।

हिजो मात्रै पनि जिल्ला स्वास्थ्य कार्यालय झापालाई १२वटा कन्सन्टेटर र ५० थान पिपिइ सेट हस्तान्तरण गरिएको छ। नेपाली कांग्रेसका नेता पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको अग्रसरतामा चिकित्सक संघले प्रदान गरेका ती सामग्री झापाका स्वास्थ्य केन्द्रलाई दिने गरी हस्तान्तरण गरिएको हो।

12 thoughts on “अक्सिजन कन्सन्टेटर हस्तान्तरण”
  1. For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

Leave a Reply

Your email address will not be published. Required fields are marked *