• Sat. Sep 6th, 2025

चेलीबेटी साकोसको साधारण सभामा व्यापक उपस्थिति

BySaptahik Samachar

२१ भाद्र २०८२, शनिबार १५:४६ २१ भाद्र २०८२, शनिबार १५:४६ २१ भाद्र २०८२, शनिबार १५:४६

भद्रपुर २१, भदौ / चेलीबेटी महिला बचत ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ६ को १६ औ साधारण सभा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। सहकारीकी अध्यक्ष चन्द्रकला गौतम अध्यक्षतामा भद्रपुर ६ स्थित सिटी गार्डेनमा आज भएको साधारण सभामा १२ लाख २८ हजार ७१० रुपैयाँ ३६ पैसा सम्पूर्ण खर्च कटाएर नाफा आर्जन गरेको प्रतिवेदन मार्फत प्रस्तुत गरिएको थियो।
सहकारी संस्थाले जेष्ठ सदस्य देउकुमारी घिमिरे, उत्कृष्ट रेडी समिना शर्मा र शान्ति कुमारी काम्ती तथा सेयर सदस्य सन्ततिमध्ये एसइइमा उत्कृष्ट अङ्क ल्याउने आरजु दासको छोरी अबन्या कर्ण र डाक्टर कुमुद चापागाईं पोखरेलको छोरा साइमन पोखरेललाई छात्रवृत्ति प्रदान गरिएको थियो।
त्यस्तै सहकारीले स्थापनादेखिका कर्मचारी नन्दा ढुङ्गाना आचार्य र अनिता अधिकारीलाई सम्मान गर्नुका साथै शारदा आधारभूत विद्यालय लाई प्रदान गर्ने छात्रवृत्ति रकम व्यवस्थापन समितिका अध्यक्ष जयन्ती मानीलाई हस्तान्तरण गरिएको थियो।

साधारण सभामा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, वडा अध्यक्ष रतिया राजबंशी, नगर सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेल र समाजसेवी राजेन्द्र चापागाईंले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव अनिता अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष शान्ता बरालले राख्नुभएको थियो। चेलीबेटी साकोसको व्यापक उपस्थिति बीच आज साधारण सभा सम्पन्न भएको हो। आजको साधारण सभाले आगामी कार्यकालको लागि कार्यसमिति चयन गर्ने पनि जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *