• Sat. Sep 27th, 2025

रोटरी क्लब भद्रपुरको प्रेसिडेन्टमा धनजुजु श्रेष्ठ

BySaptahik Samachar

१७ असार २०८२, मंगलवार १५:४० १७ असार २०८२, मंगलवार १५:४० १७ असार २०८२, मंगलवार १५:४०

भद्रपुर १७,असार / रोटरी क्लब अफ भद्रपुरको अध्यक्षमा सामाजिक व्यक्तित्व धनजुजु श्रेष्ठ चयन हुनुभएको छ। रोटरी क्यालेन्डर अनुसार, जुलाई १ तारेखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार श्रेष्ठ सन् २०२५-२६ को लागि अध्यक्षमा चयन हुनुभएको हो ।
   सामाजिक क्रियाकलापमा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबमा तीन वर्ष अगाडि नै प्रेसिडेन्ट, प्रेसिडेन्ट नोमिनी र प्रेसिडेन्ट इलेक्ट चयन हुने प्रावधान छ । सोही व्यवस्था अनुसार श्रेष्ठ आगामी एक वर्षका लागि प्रेसिडेन्ट चयन हुनुभएको हो।
   वर्ष एक सन् २०२५-२६ का लागि भद्रपुर रोटरीको अन्य पदमा क्रमशः आइपीपी. संजयराज पोखरेल, सचिवमा नरेश पराजुली, प्रेसिडेन्ट इलेक्टमा उज्ज्वल श्रेष्ठ, ट्रेजररमा पवनकुमार श्रेष्ठ र सरजेन्ट अफ आर्म्समा निरज पराजुली चयन हुनुभएको छ।
   यसैगरी चेयर डाइरेक्टरहरूमा क्रमशः दिपेश ढकाल, राजकुमार पोखरेल, टीकाराज ढकाल, आदित्य पराजुली र विगत ओझालाई चयन गरिएको छभने सम्पूर्ण पास्ट प्रेसिडेन्टहरू सल्लाहकार रहनु भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

11 thoughts on “रोटरी क्लब भद्रपुरको प्रेसिडेन्टमा धनजुजु श्रेष्ठ”
  1. Нужна презентация? сделать презентацию через нейросеть Создавайте убедительные презентации за минуты. Умный генератор формирует структуру, дизайн и иллюстрации из вашего текста. Библиотека шаблонов, фирстиль, графики, экспорт PPTX/PDF, совместная работа и комментарии — всё в одном сервисе.

Leave a Reply

Your email address will not be published. Required fields are marked *