
भद्रपुर ५, फागुन । बुधवारदेखि भद्रपुर झापा गोल्डकप सुरु हुँदैछ । आज मेची रंगशालामा आयोजक भद्रपुर झापा गोल्डकपले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराइएको हो ।
सौर्य एअरलाइन्स ओमसाई पाथीभरा हस्पिटल भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फूटबल प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म हुने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताउनु भयो ।
गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन आकर्षक मैदान बनाइएको छ । प्रतियोगताको तयारीस्वरुप लगभग २० हजार दर्शक बस्न मिल्ने गरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छभने स्वागत गेटहरु निर्माण गरिएको छ ।

यो संस्करणको भद्रपुर झापा गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा–११ एफसी सहभागी हुनेछन् । गोल्डकपमा तीन विदेशी टिमहरु दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भूटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० वटा टिम सहभागी हुनेछन् ।
गोल्डकपको फाइनलको विजेताले नगद १३ लाख, उपविजेताले नगद ७ लाख, आकर्षक ट्रफी र मेडल प्राप्त गर्नेछन् । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख ५ हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने अध्यक्ष ढकालले बताउनु भयो । महासचिव जीवनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा क्वार्टर फाइनलसम्मको टिकट दर २०० रुपैयाँ, सेमिफाइनलमा ३०० रुपैयाँ, फाइनलमा बाँसको प्यारापिटका लागि ३०० रुपैयाँ र पक्की प्यारापिटका लागि ५०० रुपैयाँ टिकट दर कायम गरिएको छ।
पत्रकार सम्मेलनमा भद्रपुर नगरप्रमुख गणेश पोखरेल, गोल्डकपका मुख्य सल्लाहकार टिकाराज ढकाल, अध्यक्ष दिपेश ढकाल र महासचिव श्रेष्ठले जिज्ञासाको पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार गोपाल गिरीले गर्नु भएको थियो ।
Sakarya Escort Kızlarla Güzel Vakit Geçirin
Fenerbahçe su kaçağı tespiti Ortaköy su kaçağı tespiti: Ortaköy’de su kaçağını nokta atışıyla tespit ediyoruz. https://thesovereignstate.org/author/kacak/