• Sun. Jun 22nd, 2025

सौर्य एयर पुनः गुणस्तरिय सेवासहित सन्चालनको सम्मुखमा

BySaptahik Samachar

१ फाल्गुन २०८१, बिहीबार १६:३६ १ फाल्गुन २०८१, बिहीबार १६:३६ १ फाल्गुन २०८१, बिहीबार १६:३६

    भद्रपुर १,फागुन / ६ महिना अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परे पछि उडान बन्द भएको सौर्य एयरलाइन्सले नियमित उडानमा फर्किने तयारी गरेको छ । २०८१ साउन ९ गते पोखरा उडानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका लागि सौर्य एयरलाइन्सलाई उडानमा रोक लगाएको थियो ।

उक्त दुर्घटनामा परी सौर्य एयरले एकसाथ १७ जना व्यवस्थापन र प्राविधिक जनशक्ति गुमाएको थियो ।
  केही प्रक्रिया पुरा गरेपछि फागुनको पहिलो सातादेखि नै नियमित उडान गर्ने तयारी गरेको सौर्य एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले जानकारी दिनुभयो । ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले अडिट गरिसकेको छ,’ खनालले भन्नुभयो, ‘त्यसको रिपोर्ट केही दिनमा आउँछ, त्यस पछि हामी उडान शुरु गर्छौं ।’ खनालका अनुसार सौर्यले शुरुमा ५० सिट क्षमताको एउटा जहाजमार्फत भद्रपुर र बिराटनगरमा उडान गर्नेछ ।

9 thoughts on “सौर्य एयर पुनः गुणस्तरिय सेवासहित सन्चालनको सम्मुखमा”
  1. 2025年のランキング上位のオンラインカジノを探索しましょう。ボーナス、ゲームの種類、信頼性の高いプラットフォームを比較して、安全で充実したゲームプレイをお楽しみくださいカジノボーナス

Leave a Reply

Your email address will not be published. Required fields are marked *