
भद्रपुर २६ माघ / वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० चन्द्रगढीको २७ औं वार्षिक साधारण सभाको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।
साधारण सभामा आयामेली आन्दोलनका प्रर्वतक इन्द्रबहादुर राईको ९८ औं जन्म जयन्ती मनाउँदै क्यानभाषमा अभिनय तथा कविता वाचन सम्पन्न गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा नेपाल ललितकला प्रतिष्ठानका प्राज्ञसभा सदस्य सञ्जय वान्तवा राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न कवि, कवयित्रीले आ—आफ्ना रचना प्रस्तुत गरेका थिए भने विभिन्न चित्रहरूको भावमा आधारित रहेर कलाकारहरूले अभिनय गर्दै नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका पूर्व अध्यक्ष राजु वरालले नयाँपन सहितको नेपाली साहित्य सिर्जनामा लक्षित प्रतिष्ठान निरन्तर लक्ष अनुरूप काम गरिरहेको जानकारी दिनुभयो । उपाध्यक्ष विकास पाण्डेले सञ्चालन गरेको कार्यक्रममा झापा लगायतका जिल्लाबाट विभिन्न साहित्यिक स्रष्टाहरू सहभागी भएका थिए ।
नेपाली साहित्य जगतमा आयामेली आन्दोलनलाई प्रवर्धन गर्न झापा सदरमुकाममा रहेका युवाहरूले गठन गरेको प्रतिष्ठानले निरन्तर साहित्यिक गतिविधि गरिरहेको छ ।
I do enjoy the way you have presented this specific problem and it does indeed give us some fodder for consideration. On the other hand, through what precisely I have observed, I just wish when other commentary pile on that men and women remain on point and not start on a tirade associated with some other news of the day. Anyway, thank you for this outstanding point and even though I do not really agree with it in totality, I value your point of view.
Yay google is my king assisted me to find this outstanding web site! .