भद्रपुर १८,मङ्सिर / अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा भद्रपुरमा विविध कार्यक्रम गरिएको छ। नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखाको भद्रपुर कार्यालयमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको छ।
सो शिविरमा केन्द्रमा आश्रित १४ जना सहित ५४ जनाको स्वास्थ्य परीक्षण गरिएको अपाङ्ग संघकी पूर्व उपाध्यक्ष लता कार्कीले जानकारी दिनुभयो।
पुनर्स्थापना केन्द्रमा रहेका अपाङ्गता भएकाहरूलाई मानसिक रोग विशेषज्ञ डा. शंशाकराज पोखरेल र ओमसाई पाथीभरा हस्पिटल भद्रपुरका डाक्टर धर्मेन्द्र नायक नेतृत्व टोलीले प्राविधिक सहयोग गरेको थियो ।
३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा युवा व्यवसायी सञ्जीव घोष र पिंकी घोषले सञ्चालनमा ल्याएको दर्शन गार्मेन्ट उद्योग भद्रपुरले पनि केन्द्रमा आश्रित १४ जना अपाङ्गता भएका व्यक्ति र कर्मचारीलाई जाडोमा लगाउने न्यानो लुगा (ट्रयाक सुट) वितरण गरेको छ।
साथै, उनीहरूले दिवा खाजाको समेत व्यवस्था गरिदिएको अपाङ्ग पुनर्स्थापन केन्द्रका कार्यक्रम इन्चार्ज केदार महतले जानकारी दिनुभयो।
सोही अवसरमा भद्रशिवा आमा समूहले पुनर्स्थापन केन्द्रका अपाङ्गता भएकाहरूका लागि खाद्यान्न पनि सहयोग गरेको छ । केन्द्रका उपसभापति पवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुनर्स्थापन केन्द्रका कार्यालय प्रमुख केदार महतले गर्नुभएको थियो।
Unlimited income https://www.kusadasiteksex.com/ Fazla mesai yok – Tersine, çok fazla mesai var.
https://kusadasibasakemlak.com/ Ev işi Unlimited income – Income is always limited.
cheap-viagra-online
cheap-viagra-online