• Wed. Oct 16th, 2024

‘ राजवंशी साहित्य ‘विमोचन

BySaptahik Samachar

२२ आश्विन २०८१, मंगलवार १९:५० २२ आश्विन २०८१, मंगलवार १९:५० २२ आश्विन २०८१, मंगलवार १९:५०

विरिङ्ले पुर्‍याएको क्षतिको अनुगमन

भद्रपुर २२,असोज/ कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले ‘राजवंशी साहित्य’ नामक पुस्तकको विमोचन गर्नुभएको छ।
कन्काई नगरपालिकाको वडा नं– ९ मा पर्ने घैलाडुब्बाको टेकनारायणबारीस्थित कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्र (राजवंशी संग्रहालय) मा आज आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले सो पुस्तक विमोचन गर्नुभएको हो ।
राजवंशी साहित्य प्रकाशन समितिले प्रकाशन गरेको उक्त पुस्तकको विमोचनमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशी लगायत सहभागी हुहुनुहुन्थ्यो। राजवंशी समाज विकास समितिद्वारा आयोजित सो कार्यक्रममा २०८१ सालको जात्रा पावनीको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको संजीव प्रधानले जानकारी दिनुभयो।

त्यस अघि हिजो असोज २१ गते कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई नेतृत्वमा राज्यमन्त्री राजवंशीसहित सहभागी टोलीले बिरिङ खोलाको बाढीबाट क्षतिग्रस्त पुलको स्थलगत अनुगमन गरेको थियो ।
प्राविधिक सहितको सो टोलीले हालैको बाढीले शनिश्चरे—खुदुनाबारी–इलाम जोड्ने सडक र त्यसमा पर्ने बिरिङ पुलमा भएको क्षतिको स्थलगत अनुगमन गरेको हो ।
अनुगमन टोलीमा पूर्वमुख्यमन्त्री उद्धव थापा, नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवे, भौतिक पूर्वाधार कार्यालय–झापाका डीई. राजेश्वर महतो, इन्जिनीयर उत्तम खरेल सहभागी थिए ।

सो टोलीले बाढीका कारण जिल्लामा अन्य क्षेत्रमा भएका क्षतिको पनि अनुगमन गरी पुनर्निर्माण र व्यवस्थापनका लागि आवश्यक लागत अनुमान गर्ने बताइएको छ ।

2 thoughts on “‘ राजवंशी साहित्य ‘विमोचन”
  1. Bwer Company is a top supplier of weighbridge truck scales in Iraq, providing a complete range of solutions for accurate vehicle load measurement. Their services cover every aspect of truck scales, from truck scale installation and maintenance to calibration and repair. Bwer Company offers commercial truck scales, industrial truck scales, and axle weighbridge systems, tailored to meet the demands of heavy-duty applications. Bwer Company’s electronic truck scales and digital truck scales incorporate advanced technology, ensuring precise and reliable measurements. Their heavy-duty truck scales are engineered for rugged environments, making them suitable for industries such as logistics, agriculture, and construction. Whether you’re looking for truck scales for sale, rental, or lease, Bwer Company provides flexible options to match your needs, including truck scale parts, accessories, and software for enhanced performance. As trusted truck scale manufacturers, Bwer Company offers certified truck scale calibration services, ensuring compliance with industry standards. Their services include truck scale inspection, certification, and repair services, supporting the long-term reliability of your truck scale systems. With a team of experts, Bwer Company ensures seamless truck scale installation and maintenance, keeping your operations running smoothly. For more information on truck scale prices, installation costs, or to learn about their range of weighbridge truck scales and other products, visit Bwer Company’s website at bwerpipes.com.

Leave a Reply

Your email address will not be published. Required fields are marked *