भद्रपुर १८,चैत / मोरङको बेलवारीमा भएको प्रदेशस्तरीय अन्तरपालिका टी ट्वेन्टी क्रिकेटको उपाधि भद्रपुर नगरपालिकाले उचालेको छ।
हिजो ( शनिबार) बेलवारीमा आयोजित फाइनल खेलमा प्रतिस्पर्धी विराटनगर महानगरपालिकालाई ९ रनले पछि पार्दै कोसी प्रदेश स्तरीय उपाधि भद्रपुरले उचालेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको भद्रपुरले दिएको १६१ रनको लक्ष्य विराटनगरलाई भारी पर्दा उसले निर्धारित समयमा १ सय ५२ रनमात्र बनाउन सक्यो। भद्रपुरलाई ९ रनले जिताउन सिद्धार्थ कुमारको योगदान उल्लेख्य थियो। रोमाञ्चक जीत निकाल्न योगदान गर्ने सिद्धार्थ कुमार म्यान अफ दि म्याच घोषित भए।
जीतसँगै भद्रपुरले नगद रू एक लाख पुरस्कार हात पारेको छ।