भद्रपुर २४,माघ/ सरकारले तीन अर्बसम्मका ठेक्का नेपाली निर्माण व्यवसायीले नै लिन पाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले एक अर्बको दायरा बढाएर तीन अर्ब पुर्याएको हो । यो व्यवस्था अनुसार अब सार्वजनिक खरिद नियमावली संशोधन हुनेछ। श्रम,रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अब एक निर्माण व्यवसायीले ३ अर्ब बराबरका ५ वटा सम्म ठेक्का लिन पाउने छन्। यसअघि एक अर्ब भन्दा बढीको ठेक्का लिँदा विदेशी कम्पनीहरूसँग मिलेर नेपाली निर्माण व्यवसायीहरूले काम गर्थे। अब यो ३ अर्ब सम्मका लागि विदेशी कम्पनीहरूसँग मिल्नु पर्दैन। त्यस्तै सरकारले निर्माण व्यवसायीहरूको ठेक्काको पेश्की रकम (मोबिलाईजेसन कस्ट) भने घटाएर १० प्रतिशतमा झारेको छ। अहिले यो रकम २० प्रतिशत थियो। ठेक्का लाग्ने वित्तिकै १० र काम सुरु गरेपछि बाँकी १० प्रतिशत पाउँदै आएका थिए। अब यो रकम घटेर ५/५ प्रतिशत कायम गरिएको छ। Post Views: 264 Post navigation वैशाख 30 गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेको घोषणा /सहयोगीहरूको साथ पाउने सम्भावना कम /निर्णय पुनर्विचार गर्न अध्यक्ष लिङ्देनको आग्रह
विर्ता बजारमा रहेको दुर्गा मन्दिरमा बिजया दशमीको दिन लाग्ने मेलामा स्थानाभाव भएपछि सडकमै सन्थाल नृत्य २६ आश्विन २०८१, शनिबार २०:३७