भद्रपुर २१,पुस / झापा,भद्रपुर – ५ मा रहेको गौतम बुद्ध प्राथमिक विद्यालयको ५८ औं वार्षिकोत्सव मनाउँदै सो विद्यालयकी पूर्व प्रधान अध्यापक जयन्ती मानीलाई बुधबार विदाई गरिएको छ। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आरती पन्तको अध्यक्षता र भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा छात्र छात्रालाई पुरस्कार, छात्रवृत्ति प्रदान गरिनुका साथै सम्मान र विदाई समेत गरिएको हो।कार्यक्रममा खेलकुद र पठनपाठनमा उत्कृष्ट हुने छात्र छात्रालाई पुरस्कार प्रदान गर्नुको साथै विभिन्न दाता महानुभावहरूद्वारा विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति वितरण गरिएको थियो। स्व.दाजु ओमप्रकाश गोयलको स्मृतिमा समाजसेवी दिनवन्धु गोयलले स्थापना गरेको कक्षागत उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष प्रदान गरिने (प्रथम-२,०००/-, दोस्रो १,५००/- र तेस्रो – १,०००/-)रूपैयाँ राशिको छात्रवृत्ति गोयलका प्रतिनिधि सजल कुण्डुले छात्र छात्रालाई वितरण गर्नुभयो।त्यस्तै, स्व. परशुराम अग्रवाल परिवारका तर्फबाट विद्यालयका छात्र छात्रालाई स्कूल ड्रेसका लागि थान कपडा उपलब्ध गराइएको थियो। सामाजिक व्यक्तित्व अग्रवालको स्मृतिमा उहाँकी धर्मपत्नी मञ्जु साहेवाला, छोरा नितेश र वुहारीःहर्षा साहेवालासहितले स्कूल पोसाकका लागि थान कपडा विद्यालयलाई प्रदान गर्नुभएको हो। सोही अवसरमा उद्योगपति दिपेश ढकालले विद्यार्थीका लागि स्वेटर र व्यवसायी सन्जय घोषले जाडोमा विद्यार्थीका लागि लाउन विद्यालयलाई टोपी हस्तान्तरण गर्नुभयो। अन्य विभिन्न छात्रवृत्ति र पुरस्कार वितरण गरिएको सो कार्यक्रममा सेवानिवृत्त प्रधान अध्यापक जयन्ती मानीलाई विद्यालयका तर्फबाट ससम्मान विदाई गरिएको थियो। विदाईका अवसरमा मानीलाई विद्यालयका तर्फबाट अभिनन्दन गरिनुका साथै विद्यालय र विद्यार्थीका तर्फबाट उपहार प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नगर शिक्षा शाखा प्रमुख प्रेमवहादुर भूजेल, शारदा आधारभूत विद्यालयकी प्रअ.कोपिला गौतम, सेवा निवृत्त प्रअ. जयन्ती मानी, विद्यालय सल्लाहकार समितिका संयोजक लोहित भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो। शिक्षक टिकामाया रेग्मीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक गीता श्रेष्ठले राख्नुभएको थियो भने नवनियुक्त प्रधान अध्यापक शोभा गुरुङले विद्यालयको गतिविधि प्रकाश पार्नुभएको थियो। कार्यक्रममा उद्योगी टिकाराज ढकाललाई विद्यालयका तर्फबाट सम्मान सहित प्रदान गरिएको नेपाली टोपी कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले पहिर्याईदिनु भएको थियो। rbt Post Views: 305 Post navigation शुरू नहुँदै खोप अभियान स्थगित सुन तस्करी प्रकरणः दुई लाख धरौटीमा छुटे गोरेका भाई
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९