• Sun. Sep 8th, 2024

२४ घण्टामा थप १२७ जनामा कोरोना संक्रमण, १३६ डिस्चार्ज, २ को मृत्यु

Bymubesh Giri

३० माघ २०७७, शुक्रबार १८:४९ ३० माघ २०७७, शुक्रबार १८:४९ ३० माघ २०७७, शुक्रबार १८:४९ ,

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ४७ महिला र ८० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घन्टामा कोरोनाबाट २ जना मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ। नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ। पछिल्लो २४ घन्टामा ४ हजार स्वाब नमूना परीक्षण गराउँदा १२७ जनामा कोरोना संक्रमण देखिएको हो। 

यस्तै शुक्रबार थप १३६ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको  मन्त्रालयले जनाएको छ। अहिले १७ सय ७ जना आइसोलेसनमा छन् भने ७९ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार ६२ जनाको आइसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

नेपालमा  माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। पहिलो चरणको सकिएर दोस्रो चरणको खोप अभियान संचालनमा छ।

साभार:annapurnapost.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *