• Tue. Jul 1st, 2025

२४ करोड बढीको लगानीमा बनेको भद्रपुरको प्रादेशिक अस्पताल उपयोगविहीन

BySaptahik Samachar

६ असार २०८०, बुधबार १८:०८ ६ असार २०८०, बुधबार १८:०८ ६ असार २०८०, बुधबार १८:०८

उद्घाटन अघिनै पानी चुहियो /लापरबाहीको पराकाष्ठा /दोषीलाई कार्वाहीको माग

गोपाल गिरी – – – –

भद्रपुर, ०६ असार / प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन उद्घाटन र हस्तान्तरण नहुँदै चुहिन थालेको छ। उद्घाटन गर्ने भनेर तयारी भइरहेको कोसी प्रदेश अन्तर्गतको एक मात्र प्रादेशिक अस्पताल हस्तान्तरण नै नभई चुहिन थालेको हो।
मेची अस्पतालको पुरानो भवन जीर्ण, खरीद गरिएका उपकरणहरू बिग्रने र विरामीहरूको चाप पनि बढ्दै गएकोले हस्तान्तरण प्रक्रियामा रहेको प्रादेशिक अस्पतालको नयाँ भवन अनुगमन गर्दा भवन कमसल बनेको र पानी चुहिने समस्या रहेको अस्पताल विकास समितिले स्वीकार गरेको छ।
अस्पताल विकास समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराल, भद्रपुर नगरपालिकाका प्रमुख तथा अस्पताल विकास समितिका पदेन सदस्य गणेश पोखरेल, सदस्यहरू लक्ष्मण पोखरेल, लक्ष्मण पाठक, अस्पतालका का मु. मेडिकल सुपरिटेन्डेन्ट डा.रामबाबू खड्का, रेडक्रस झापाका सभापति तथा अस्पताल विकास समितिका सदस्य लोकराज ढकाल र सदस्य कुलबहादुर पौडेलले विज्ञप्ति जारी गर्दै यथार्थ जानकारी गराउने प्रयास गरेका छन् ।
विज्ञप्तिमा, उनीहरूले असारको पहिलो सातामा आएकै वर्षे झरीको पानी रसाएर चुहिएको, आइसियु कक्षमै छतबाट पानी चुहेको, छानाको फाइवर कमसल भएको र तीनवटा सेक्सनको छानाको जडानबाट पानी चुहिएको उल्लेख गरेका छन् ।
त्यस्तै, २०८० जेठ २२ गते बसेको अस्पताल विकास समितिको बैठकमा हस्तान्तरण प्रक्रियाका विषयमा छलफल भएको जनाउँदै विज्ञप्तिमा अस्पतालको झ्याल ढोकाको सामग्री कमसल भएको, शौचालयमा धेरै समस्या देखिएको लगायतका विषय उठान हुँदा उक्त समस्या समाधान गर्ने र अन्य समस्याहरू भए ठेकेदारले धरौटी स्वरूप राखेको रकमबाटै आवश्यक व्यवस्थापन गर्ने गरी अघि बढ्ने छलफल भएको पनि जनाइएको छ।
विज्ञप्तिमा हस्तान्तरण भइ नसकेको जनाइए पनि गत जेठ २२ गतेनै सघन शहरी विकास आयोजना झापाका सिडिइ रूपक आचार्यले मेडिकल सुपरिटेन्डेन्ट डा. जयकुमार ठाकुरलाई सो भवन हस्तान्तरणको प्रक्रिया पुर्‍याई सकेको स्रोतले बताएको छ।
चौतर्फी आलोचना र विरोधका बाबजुद अस्पताल विकास समितिले आज (बुधबार) जारी गरेको विज्ञप्तिमा भवन निर्माण प्रक्रियामा अस्पताल विकास समितिको कुनै संलग्नता नभएको स्पष्ट पार्दै भवन निर्माणको क्रममा देखिएको त्रुटि र प्राविधिकहरूको संलग्नता सम्बन्धमा छानबिन गरी सम्बन्धित ठेकेदार तथा अनुगमन सुपरिवेक्षण गर्ने पक्षलाई कानुनी दायरामा ल्याई क्षतिपूर्ति समेत असुल उपर गर्न सरकारसँग माग गरिएको छ।
अस्पताल विकास समितिले नव निर्मित सो भवनमा देखिएको लापरबाही र असाधारण त्रुटिहरू निराकरण नभएसम्म सेवा प्रवाह गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेको छ।
२४ करोड ६२ लाख रूपैयाँ ( भ्याट वाहेक २२करोड ६१ लाख ३७ हजार ३५२ रूपैयाँ ७१ पैसा)- मा २०७४ साल कार्तिक ३० गते काठमाडौंको श्री कन्टेक प्रा.लि. नामक ठेकेदार कम्पनीले २०७९ भदौ ३१ गते कार्य सम्पन्न गर्ने गरी प्रादेशिक अस्पतालको भवन निर्माण सम्झौता गरेको हो। कुशल शर्मा प्रोप्राइटर रहेको सो निर्माण कम्पनीले प्रादेशिक अस्पतालको २ वटा भवनमा ६ वटा ब्लक र एउटा र्याम्प बनाएको छ।भवन अपाङ्ग मैत्री छ र त्यसमा दुईवटा लिफ्ट समेत जडान गरिएको छ । वाहिरबाट सरसर्ती हेर्दा नवनिर्मित भवन रङ्ग लगाएर झिलिक्क बनाइए पनि भित्र भने ठाउँ ठाउँमा चर्केको, फुटेको, पानीका पाइप र विद्युत जडानमा लापरबाही र पानी चुहिएको सामान्य आँखाले पनि देख्न सकिन्छ।

129 thoughts on “२४ करोड बढीको लगानीमा बनेको भद्रपुरको प्रादेशिक अस्पताल उपयोगविहीन”
  1. ¡Saludos, aficionados a los desafíos!
    Ofertas vГЎlidas en casinos online extranjeros ahora – п»їhttps://casinoextranjerosenespana.es/ mejores casinos online extranjeros
    ¡Que disfrutes de triunfos épicos !

  2. ¡Saludos, apostadores entusiastas !
    casinos online extranjeros adaptados a EspaГ±a – п»їhttps://casinosextranjero.es/ mejores casinos online extranjeros
    ¡Que vivas increíbles jackpots extraordinarios!

  3. ¡Hola, amantes de la adrenalina !
    casino por fuera con giros gratis por registro – п»їhttps://casinosonlinefueradeespanol.xyz/ п»їcasino fuera de espaГ±a
    ¡Que disfrutes de asombrosas triunfos épicos !

Leave a Reply to ThomasPhomb Cancel reply

Your email address will not be published. Required fields are marked *