• Thu. Oct 23rd, 2025

हल्दीबारीका स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम

BySaptahik Samachar

२८ भाद्र २०८१, शुक्रबार १९:२९ २८ भाद्र २०८१, शुक्रबार १९:२९ २८ भाद्र २०८१, शुक्रबार १९:२९

४६ हजार २ सय ६ जनालाई स्वास्थ्य सेवा प्रदान

भद्रपुर २८,भदौ / झापा हल्दीबारी गाउँपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।भदौ २७ र २८ गते गरेको कार्यक्रममा पालिकाका सबै स्वास्थ्य संस्थाहरूले आ आफूले सम्पादन गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।

यो गाउँपालिकामा १ आधारभूत अस्पताल,३ स्वास्थ्य चौकी र २ आधारभूत स्वास्थ्य केन्द्र संचालनमा रहेका छन्। यी सबै स्वास्थ्य संस्थाहरुमा गरेर  २०८०/८१ मा ४६ हजार २ सय ६ जनाले स्वास्थ्य सेवा लिएको जनाउँदै  आधारभूत अस्पतालमा मात्रै २४ हजार २ सय ७३ जनाले सेवा लिएको आजको समीक्षामा जानकारी गराइएको थियो।
    स्वास्थ्य संस्थाहरुमा कुन कुन रोगका के कति बिरामी आए, कुन कुन खोप के कति लगाए लगायत विवरणहरु प्रस्तुत गरिएको त्यस अवसरमा स्वास्थ्य संस्थाहरुमा रहेका समस्याको बारेमा पनि जानकारी गराइएको थियो।

हल्दिबारी गाउँपालिकाका सदस्य तथा सामाजिक विकास संयोजक शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, कार्यपालिका सदस्य बिजय राजवंशी, स्वास्थ्य कार्यालय झापाका  वरिष्ठ तथ्याङ्क अधिकृत चुडामणि लुइटेल  लगायतको उपस्थिती थियो ।

स्वास्थ्यकर्मीहरूले आ आफ्नो वडाका स्वास्थ्य संस्थाका गतिविधि प्रस्तुत गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र भएकाले स्वास्थ्यकर्मीहरूलाई गुणस्तरिय सेवा प्रदान गर्न निर्देशन दिनुभएको थियो। कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत प्रकाश खतिवडाले गर्नुभएको थियो।

212 thoughts on “हल्दीबारीका स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम”

Leave a Reply to xpl plasma token guide Cancel reply

Your email address will not be published. Required fields are marked *