• Sun. Jun 22nd, 2025

हल्दिवारीमा प्रमुख प्रशासकीय अधिकृत वनद्वारा छात्रवृत्ति वितरण

BySaptahik Samachar

२ पुष २०८१, मंगलवार ०९:०६ २ पुष २०८१, मंगलवार ०९:०६ २ पुष २०८१, मंगलवार ०९:०६

भद्रपुर २, पुस / मातापिताको नाममा स्थापित अक्षय कोषको ब्याजबाट हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले छात्रवृत्ति वितरण गर्नुभएको छ।
मातापिता नरमाया – जगतवहादुर वनको नाममा स्थापित १ लाख १ हजार १ सय ११ रूपैयाँ अक्षयकोषको ब्याजबाट उहाँले हिजो सो छात्रवृत्ति बितरण गर्नु भएको हो।
   हल्दीबारी माध्यमिक बिद्यालयको ५२औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो विद्यालयमा अध्ययनरत गरीव तथा जेहेन्दार मध्ये मुटुरोगी र स्वासप्रश्वासको समस्या भएका चार जना बिद्यार्थीलाई छनौट गरी छात्रवृत्ति प्रदान गरेको जनाइएको छ ।

छात्रवृत्तिका संस्थापक वन हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।
बन परिवारले स्थापना गरेको सो अक्षयकोषमा आगामी दिनमा रकम बृद्धि गरिदै लगिने लक्ष्य रहेको पनि उहाँले जानकारी दिनुभयो। 

117 thoughts on “हल्दिवारीमा प्रमुख प्रशासकीय अधिकृत वनद्वारा छात्रवृत्ति वितरण”

Leave a Reply to Hasta Bakım Ürünleri Tavsiyesi Cancel reply

Your email address will not be published. Required fields are marked *