• Fri. Nov 21st, 2025

हल्दिबारी गाउँ पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

BySaptahik Samachar

१४ माघ २०८१, सोमबार १७:५६ १४ माघ २०८१, सोमबार १७:५६ १४ माघ २०८१, सोमबार १७:५६

भद्रपुर १४, माघ / हल्दिबारी गाउँ पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा आज गाउँपालिका परिसरमा सार्वजनिक सुनुवाइ भएको हो।
नागरिक एफ.एम.भद्रपुरको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरू,राजनीतिक दलका प्रतिनिधिहरू र विभिन्न संघसंस्था र विद्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो।

सार्वजनिक सुनुवाइमा सेवाग्राहीले राखेका विभिन्न जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष लिङ्देन,प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन, वडाअध्यक्षहरू क्रमशः देवीवहादुर थापा,शुकलाल राजवंशी, बिष्णुप्रसाद ओली,सन्तकुमार थापा र खड्ग लावती लगायतले दिनुभएको थियो।

सार्वजनिक सुनुवाइमा टीका पोखरेल,शेरबहादुर दाहाल, विजयप्रकाश लावती,अर्जुन भट्टराई र मन्जु सुवेदी दाहालले विभिन्न जिज्ञासा राख्नु भएको थियो।
त्यसैगरी,पदमबहादुर तामाङ, कुमार बजगाईं, नेत्र विमली, सुरेशकुमार भट्टराई र सुदीप गिरीले पनि विकास निर्माण सम्बन्धी प्रश्न र सुझावहरू राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण नागरिक एफएम.का गोपाल गिरी र ईश्वर अधिकारीले गर्नुभएको थियो।

125 thoughts on “हल्दिबारी गाउँ पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply to Kuwin Cancel reply

Your email address will not be published. Required fields are marked *