
सांसद लिङदेनद्वारा समुद्घाटन
भद्रपुर १,पुस / झापाको हल्दिबारी गाउँपालिका परिसरमा निर्माण भएको पशु उपचार अस्पताल भवनको उद्घाटन गरिएको छ। झापा क्षेत्र नम्बर ३ क्षेत्रका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले आज एक समारोहका अस्पताल भवनको समुद्घाटन गर्नुभएको हो।
कोशी प्रदेश सरकारबाट सशर्त अनुदान ५० लाख र गाउँपालिकाको १४ लाख २८ हजार ८ सय १४ रूपैयाँको साझेदारीमा भ्याट सहित ६२ लाख ९२ हजार ५ सय ५१ रूपैयाँ लागतमा पशु अस्पताल भवन तयार भएको हो । करिव १३ धुर क्षेत्रफलमा यो अस्पताल फैलिएको यो अस्पताल

एञ्जिलिना कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि. ले ठेक्का लिएको थियो।
हालसम्म गाउँपालिकाबाट ४८ लाख ६३ हजार ७ सय ३७ रूपैयाँ भुक्तानी भएको र बाँकी रकम मूल्याङ्कन पछि भुक्तानी गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिनुभयो।समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले धेरै नागरिकहरु पशुपालनमा संलग्न रहेपनि पशु अस्पताल नजिक नहुँदा धेरैले दुख पाएकोमा अव सहज हुने विश्वास व्यक्त गर्नुभयो।
अस्पतालले पशुपालक किसानहरूलाई रोग उपचार, खोप सेवा र प्राविधिक तालिम जस्ता सेवाहरू व्यवस्थित रूपमा प्रदान गर्ने लक्ष्य लिएको छ। यसले किसानहरूको पशु पालन व्यवसायलाई थप व्यवस्थित र फाइदाजनक बनाउन सहयोग पुर्याउने विश्वास गाउँ पालिका अध्यक्ष रविन्द्र लिङ्देनको छ।

हल्दिबारी गाउँपालिकाले यो अस्पताल निर्माण गरी अन्य पालिकाभन्दा अगाडि रहेर पशुपालन क्षेत्रको विकासमा ऐतिहासिक कदम चालेको कार्यक्रमका वक्ताहरूले बताएका थिए। अस्पताल सञ्चालनपछि पशुजन्य उत्पादनमा वृद्धि हुने र किसानहरूलाई आर्थिक रूपमा सशक्त बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।
हल्दिबारी गाउँपालिकाले सुत्केरी पशु प्रोत्साहन स्वरुप आवश्यक भिटामिन औषधि सहितको सुत्केरी पोषण प्याकेज समेत वितरण गर्दै आएको छ।

cheap-viagra-online
Birçok sitede kandırıldım ama burada ne gördüysem onu yaşadım. AnkaraRusModel, Ankara escort hizmetinde kaliteyi temsil ediyor.